logo

प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

निर्देशकको सन्देश

निर्देशकको सन्देश


नेपालको संविधानले देशका सम्पूर्ण नागरिकको स्वास्थ्य अधिकारलाई नैसर्गिक अधिकारको रुपमा प्रतिस्थापन गरेको छ । विभिन्न जात, लिङ्ग र समुदायका व्यक्तिहरुलाई स्वास्थ्य सेवा निर्वाध रुपमा प्रदान गर्न प्रदेश अन्तरगतका स्थानीय निकायहरु सक्रिय छन् । यस प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालय, अस्पताल, आयुर्वेद अस्पताल र स्वास्थ्य केन्द्रहरु मार्फत नागरिकको स्वास्थ्य संरक्षण, प्रवर्धन, रोकथाम, उपचार र पुर्नस्थापना जस्ता स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिदैँ आएको छ । शारिरिक, मानसिक, सामाजिक रुपले स्वास्थ्य हुनु नै मानवको अभिष्टता मानिन्छ । यस कार्यमा समुदायका आम नागरिकलाई साथमा लिएर उनीहरुको स्वास्थ्य उन्नयनको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् । उदाहरण स्वरुप परिवार नियोजन, मातृशिशु कार्यक्रम, पोषण, खोप आदि कार्यक्रम जसले उल्लेख्य रुपमा मातृ मृत्युदर, शिशु मृत्यु, बालमृत्यु दर घटाएको छ एकातिर भने अर्कोतिर गुणस्तरीय जीवन जिउने आधार तयार पारिएको छ । नेपालीहरुको सरदर आयु वृद्धि भै दीर्घ जीवन प्राप्त भएको छ ।  स्वास्थ्य क्षेत्रमा भएको बढोत्तरीको श्रेय वडास्तरमा सेवारत स्वयंसेविकाहरु, समुदायका व्यक्तिहरु, विभिन्न तह र तप्कामा रहेका स्वास्थ्यकर्मीहरुको अहम् भूमिका रहेको छ । हामीले विभिन्न कालखण्डमा कहिले महाभूकम्प त कहिले कोरोना संक्रमण जस्ता ठूला विपत्तिहरुको सामना गर्दे आएका छौँ । यस्ता विपत्तिहरुको सामना गर्दे भोलीको सुनौलो भविष्य निर्माणका निम्ति सम्पूर्ण नागरिकहरु के स्वयंसेवक के स्वास्थ्यकर्मी, के प्रशासकिय निकाय, के समाज, के सुरक्षाकर्मी, के राजनीतिकर्मी, के पत्रकार जगत सबै एकजुट भई सामना गर्ने सकंल्प गरौँ । यसैमा सबैको कल्याण हुनेछ । अस्तु ।

 

                                                                                                निर्देशक

                                                                                      डाक्टर बिनोद बिन्दु शर्मा