गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

अस्पताल प्रमुख तथा निर्देशकहरुसंग तयारी छलफल कार्यक्रम


| कोभिड-१९



फागुन २७ गते सामाजिक विकास मन्त्रालयमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूको विशेष उपस्थितिमा सामाजिक विकास मन्त्रिज्यू तथा सचिवज्यू तथा प्रमुख जिल्ला अधिकारीज्यूको उपस्थितिमा विभिन्न अस्पतालका प्रमुख र निर्देशकज्युहरुसंग तयारी छलफल भयो । कार्यक्रममा माननीय मुख्यमन्त्रीज्युले गण्डकी प्रदेशमा कुनै पनि अस्पतालमा कोरोना भाइरसको शंकास्पद विरामी आएमा आइसोलेसनमा राखी उपचार गर्न निर्देशन दिनुभयो | साथै उहाँले संघिय सरकारसंग गण्डकी प्रदेशमा विशिष्टकृत सरुवा रोग अस्पताल निर्माणको लागि सहयोग का लागि अनुरोध गरिएको कुरा समेत बताउनुभयो |