गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

हाम्रा कार्यहरु


 

१.१. स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश कार्यहरु

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य महाशाखाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयसगँ समन्वय गरि नीतिगत कार्यहरु गर्ने र स्वास्थ्य निर्देशनालयले मन्त्रालयको प्रादेशिक नीति निर्माणमा सहयोग गर्नुका साथै रणनितिकार्यक्रमयोजना गरि प्रादेशिक स्वास्थ्य कार्यालय मार्फत तपशिल बमोजिमका कार्यहरु गर्नेछ ।

१.१.१. योजना, अनुगमन तथा नियमन शाखा

 

  • प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्यसँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने वार्षिक विकास कार्यक्रमको योजना  नीति तथा रणनीति निर्माणमा आवश्यक पैरवी समन्वय र सहयोग गर्ने।
  • प्रदेश भित्रका २५ देखि ५० बेड सम्मका अस्पतालहरुको अस्पताल सञ्चालन स्विकृति तथा नविकरण प्रदान गर्ने तथा ५१ देखि १०० बेड सम्माका अस्पतालहरुको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस कार्यमा सहयोग गर्ने।
  • स्वास्थ्य सस्थाहरूको संरचना, उपकरण तथा गुणस्तर सुधार सम्बन्धि प्रादेशिक नीति निर्माणमा सम्बन्धित मन्त्रालय  अन्य निकायहरुसंग आवश्यक समन्वय र सहयोग गर्ने।
  • स्वास्थ्य निर्देशनालयको वार्षिक प्रतिवेदन निर्माण र प्रकाशन गर्ने।
  • संघिय, प्रादेशिक तथा स्थानीय स्तरका कार्यक्रमहरूको सुपरिवेक्षण, अनुगमन तथा कार्यप्रगतिको समीक्षा गर्ने।
  • स्वास्थ्य सस्थाहरुको स्वास्थ्य तथ्यांक तथा सेवा गुणस्तर सुधारका लागि आवश्यक क्षमता विकास तालिम र स्थलगत अनुशिक्षण गर्ने।
  • नियमित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको प्रयोग तथा प्रमाणमा आधारित योजना निर्माणमा वहस पैरवी  गर्ने।
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सामग्री उत्पादन, संचय, अधिकतम खुद्रा मूल्य अन्तिम बिसर्जन सम्बन्धी गुणस्तर मापदण्ड, दर्ता, संचालन अनुमति र नियमन गर्ने।
  • स्वास्थ्य सूचकहरुक निर्माण प्रक्रियामा सहयोग गर्ने।
  • आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य विमा, विपन्न नागरिक औषधि उपचार कार्यक्रम लगायतका सामाजिक सुरक्षाका कार्क्रमको जनतामा परेको प्रभावकारिता मूल्याङ्कन गर्ने।
  • नयाँ स्वास्थ्य कार्यक्रमहरुको पाईलट परिक्षण तथा कार्यगत अनुसन्धान गर्ने।
  • प्रदेशस्तरका अस्पतालहरुलाई अपनाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको
  • रुपमा विकास तथा व्यवस्थापन गर्नमा आवश्यक गर्ने।
  • प्रदेशस्तरमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि मापदण्ड निर्धारणमा स्वास्थ्य तथा
  • स्वास्थ्य पुर्वाधार तथा उपकरणको निरीक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने।
  • प्रदेशभित्र अनुसन्धान कार्य तथा स्वास्थ्य शिविर सम्बन्धी अनुमति प्रदान गर्ने कार्य चिकित्सा शाखाको समन्वयमा  गर्ने।
  • कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरी मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता ल्याउनको लागि आवश्यक पृष्ठपोषन दिने।
  • सूर्ती तथा मदिरा लगायतका स्वास्थ्यलाई नकरात्मक प्रभाव पार्ने वस्तुको मापदण्ड अनुगमन र नियमन गर्ने
  •  
  • १.१.७. कार्यक्रम, समन्वय तथा जनसंख्या ब्यबस्थापन शाखा :
  •  

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सिधै वा स्वास्थ्य सेवा विभाग मार्फत नीतिनिर्देशनआर्थिकप्रशासनिक मानव संसाधनआपूर्ति व्यवस्थापन आदि द्धारा नियमित सहयोग र समन्वय हुने गर्दछ ।
  • स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई प्रदेशस्तरमा भएका गतिविधिहरुको जानकारी ।
  • अन्य स्वास्थ्यसगँ निकट सम्बन्ध राख्न मन्त्रालयविभागआयोजनासगँ पनि नित्य सम्पर्कमा रहेर एक आपसमा सहयोग र समन्वयको कार्य हुदैँ आएको छ ।
  • त्यसैगरी प्रदेशस्तरका अन्य मन्त्रालयनिर्देशनालयहरुसगँ आपसी बैठक समीक्षात्मक कार्यक्रमहरुको माध्यमद्धारा एक आपसमा जानकारी एवं सहयोगको आदानप्रदान ।
  • जिल्ला र पालिका स्तरमा प्रतिवेदनको आदानप्रदान, Virtual meeting, Video Conference, Supervision, Monitoring, Follow up आदिद्धारा आपसी छलफल र जानकारी लिने दिने कार्य ।
  • स्वास्थ्य कार्यक्रमलाई सहयोग पुरयाउने अन्य दातृ संघसंगठनहरुसगँ नित्य सम्पर्कमा रहेर कार्यक्रम संचालन हुदैँ आइरहेका छन् । यसप्रकार संघीय मन्त्रालयविभागअन्तर प्रदेश र स्थानीय प्रदेशका अन्य मन्त्रालयनिर्देशनालयहरु र जिल्ला एवं पालिका तहसम्मका विभिन्न निकायहरुसगँ नजिकको सम्बन्ध कायम राखी आपसी सहयोग समन्वयका कार्यहरु हुदैँ आएका छन् ।
  •  

    १.१.६. प्रशासन शाखा

     

  • आन्तरिक प्रशासनकार्यालय व्यवस्थापनसरसफाइ । आवश्यक भौतिक व्यवस्था गर्ने ।
  • आन्तरिक कर्मचारी प्रशासनआन्तरिक कार्य विभाजनहाजिरीबिदारमानापालो पहराखटनपटनको व्यवस्थापन गर्ने ।
  • कार्यालय भवनपरिसरसवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने ।
  • निर्देशनालयको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्थाजिम्मा तथा रेखदेखसंभारसंरक्षणनिरिक्षण तथा प्रतिवेदन सम्बन्धि कार्यहरु गर्ने ।
  • आवश्यक जनशक्तिको दरवन्दी सिर्जनानियुक्तिसरुवापदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्ने ।
  • प्रदेशमातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।
  • प्रदेशमातहतका कर्मचारीहरुको कार्यविवरणकार्यसम्पादनतालिमबिदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने ।
  • कार्यसम्पादन मूल्याङकन् सम्बन्धि मूल्याङकनको अधिलेख तथा व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागी सचिवालय सम्बन्धि कार्य गर्ने ।
  • स्तरवृद्धि सम्बन्धि कार्य गर्ने ।
  • मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अद्यावधिक गर्ने ।
  • लामो अवधिका बिदा तथा कारवाहीहरुके अधिलेख राख्ने ।
  • कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने ।
  • आर्थिक योजना तथा सघींय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने ।
  • वित्तिय नीति तर्जुमा बजेटमन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक विनियोजन बाडँफाडँ सम्बन्धि कार्यहरु गर्नेगराउने ।
  • विनियोजित बजेटको निकासाखर्चलेखाङकन तथा प्रतिवेदन र लेखापरिक्षण सम्बन्धी कार्यहरु गर्ने र गराउने ।
  • योजना तथा कार्यक्रम तर्जुमाबजेट कार्यान्वयनलेखापरिक्षण तथ बेरुजु फछ्रयोटआर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने ।
  • आन्तरिक बजेट सञ्चालन गर्ने ।
  • केन्द्रीय लेखालेखाप्रणली तथा आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन गर्ने ।
  • प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यवस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।
  •  

    १.१.५. नर्सिङ सेवा व्यवस्थापन शाखा

     

  • प्रादेशिक स्तरमा नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागी मापदण्ड तथा प्रोटोकल निर्धाण र नियमन गर्ने ।
  • गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक मापदण्डनिर्देशिका जारी गर्न सहजिकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाईफ्री सेवाको विकास र प्रबर्धनका लागी आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाईफ्री सम्बन्धि मानव संसाधंनको योजनाक्षमता अभिवृद्धिविकास र व्यवस्थापनमा समन्वय र सहयोग गर्ने ।
  • प्रादेशिक आवश्यकता अनुसार महिला स्वास्थ्य स्वयंसेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वयं सेवा परिचालनका सम्बन्धमा आवश्यक मापदण्ड निर्धाण तथा कार्यान्वयन गर्ने ।
  •  

    १.१.४. आयुर्वेद तथा बिबिध चिकित्सा शाखा

     

  • संघीय मापदण्ड बमोजिम जडिबुटी संरक्षणसम्बर्धनप्रबर्धन गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागी नीति तर्जुमा गर्न सहयोग गर्ने ।
  • आयुर्वेद र अन्य प्रचलित स्वास्थ्य सेवा सम्बन्धि प्रदेशस्तरिय मापदण्ड तर्जुमा र व्यवस्थापन गर्ने ।
  • प्रदेश तहमा प्रदान गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने ।
  • आयुर्वेदिकयुनानीआम्चीहोमियोप्याथिकप्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन गर्ने ।
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा स्थानीय तहबाट प्रवाहका लागी आवश्यक समन्वय र सहजिकरण गर्ने ।
  • जडिबूटी संरक्षण, सवंर्धन, प्रवधन र गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागि नीति तर्जुमा गर्ने  
  • आयुर्वेद सेवा संग सम्बन्धित सञ्चालित कार्यक्रमहरू तर्जुमा गर्ने  
  •  १.१.३. स्वास्थ्य शिक्षा सूचना तथा संचार शाखा :

     

  • राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धि नीति तयार गर्न सहयोग गर्नेनियमनिर्देशिकामापदण्ड तथा प्रोटोकलहरु निर्माण गर्ने ।
  • स्वास्थ्य सूचना पद्दतिहरुलाई समयानुकुल अध्यावधिक तथा प्रविधिमैत्री बनाउँदै व्यस्थापन गर्ने ।
  • एच.एम.आई.एसएल.एम.आई,एस, एच.आई.एस जस्ता स्वास्थ्य क्षेत्रमा विद्यमान सुचना प्रणलीलाई एकीकृत प्रणलीको रुपमा प्रदेशस्तरमा संस्थागत गर्ने ।
  • प्रदेशस्तरको आवश्यकता अनुसार स्वास्थ्य सूचनाको सूचकहरु निर्धारण एवं कार्यान्वयन गर्ने ।
  • स्वास्थ्यसगँ सम्बन्धित सूचनाको विश्लेषण गरी वार्षिक तथा आवधिक रुपमा प्रतिवेदन तथर तथा सार्वजनिकरण गर्ने ।
  • एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई विभिन्न तहमा संस्थागत गर्न क्षमता अभिवृद्धिका लागी सहजीकरण गर्ने ।
  • स्वास्थ्य सेवा सम्बन्धि सूचना व्यवस्थापन तथा कार्यान्वयनका लागी स्थानीय तहसगँ समन्वय तथा सहकार्य गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिकस्तरमा जनसंख्या तथा परिवार योजना सम्बन्धि नीति तयार गर्न सहयोग गर्नेरणनीतिनिर्देशिकागुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा बसाईसराई सम्बन्धि नीति तयार गर्न सहयोग गर्नेरणनीतिनिर्देशिका तयार गर्ने ।
  • प्रादेशिक स्तरमा जनसंख्या तथा परिवार नियोजन सेवा सम्बन्धि सर्वेक्षणअनुसन्धान र विश्लेषण गर्ने ।
  • जनसंख्या व्यवस्थापन तथा परिवार योजना सम्बन्धि प्रादेशिक स्तरमा योजना कार्यान्वयन गर्ने ।
  • जनसंख्या व्यवस्थापन सम्बन्धि स्थानीय स्तरमा कार्यक्रममा कार्यान्वयनका लागी सहजिकरण गर्ने ।
  • प्रादेशिकस्तरमा जनसंख्या चाप सूचाङ्क तथा प्रोफाइल तयार गर्ने ।
  • १.१.२. चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा

     

  • संघीय मापदण्ड बमोजिम रोग नियन्त्रणनिगरानी तथा प्रकोप व्यवस्थापनका लागी प्रदेशस्तरमा आवश्यक पर्ने नीतिगत व्यवस्था गर्न सहयोग गर्ने तथा योजना तर्जुमा प्रकियामा समन्वय तथा सहयोग गर्ने ।
  • प्रदेशस्तरिय जनस्वास्थ्य निगरानीका कार्य गर्ने ।
  • जनस्वास्थ्य आपतकालिन अवस्थास्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन गर्ने ।
  • रोग नियन्त्रणनिगरानी तथन प्रकोप व्यवस्थापन गर्न अन्तरप्रदेशीय समन्वय गर्ने ।
  • प्रदेशस्तरिय सरुवा र नसर्ने रोग नियन्त्रण तथा रोकथामका कार्य गर्ने ।
  • औषधी निगरानीऔषधीको समुचित प्रयोग र सुक्ष्मजीव निरोधक प्रतिरोध न्युनीकरण सम्बन्धि कार्य गर्ने ।
  • राष्ट्रिय मापदण्ड तथा प्रादेशिक आवश्यकता अनुसार अस्पताल सेवा सुदृढिकरण सम्बन्धि कानुन तथा नीति तयार गर्न सहयोग गर्नेमार्गदर्शनगुणस्तर मापदण्ड निमार्ण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धि प्रादेशिक नीति तयार गर्न सहयोग गर्नेनियक तथा मापदण्ड निर्माण गर्ने।
  • प्रदेशस्तरमा निजि तथा सरकारी अस्पताल बीचको सहकार्यका लागी रणनीतिमापदण्ड निमार्ण तथा कार्यान्वयन गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा प्रादेशिक मापदण्ड तथा निर्देशिका निर्माण गरि अस्पतालनर्सिङ होमक्लिनिकपोली क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरुको दर्ता सिफारिस तथा अनुमतिनविकरणस्तरोन्नति तथा नियमन सम्बन्धि कार्य गर्ने ।
  • प्रदेशस्तरमा स्वास्थ्य सेवा जन्य फोहरमैला व्यवस्थापन सम्बन्धि रणनीतिमापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।
  • प्रदेशस्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यवस्थापन गर्ने ।
  • स्थानीय स्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण व्यवस्थापन गर्न सहजिकरण गर्ने ।
  • स्थानीय स्तरमा स्वास्थय संस्था तथा सेवा सुदृढिकरणका लागी सहजिकरण गर्ने ।
  • अन्तराष्ट्रियराष्ट्रिय तथा प्रादेशिक अनुरुप स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिकरणहरुको प्रभाव न्यूनिकरण सम्बन्धि कार्य गर्ने।
  • प्रदेशस्तरका अस्पतालहरुलाई अन्तराष्ट्रिय स्तरको अध्ययनअनुसन्धान तथा प्रशिक्षण केन्द्रको रुपमा विकास तथा व्यवस्थापन गर्नमा सहयोग गर्ने ।
  • प्रदेश स्तरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड निर्माण तथा कार्यान्वयनका लागी सहजिकरण तथा समन्वय गर्ने ।
  • अस्पताल तथा स्वास्थ्य संस्था भवन सहिता विकासअध्यावधिक गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारहरु तथा उपकरणहरुको स्तरिकरण गरि लगत राख्ने ।
  • स्वास्थ्य पूर्वाधार तथा उपकरणको नीरिक्षणअनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधीजन्य तथा स्वास्थ्य प्रविधि सामग्री उत्पादनसंचयअधिकतम खुद्रा मुल्यअन्तिम बिर्सजन सम्बन्धि गुणस्तर मापदण्डदर्तासञ्चालन अनुमति र नियमन गर्ने ।
  • निर्धारित मापदण्ड र वर्गीकरण बमोजिम पेशागत अनुमति प्रदान गर्ने ।
  • औषधी उचित प्रयोग र सुक्ष्म जीवननिरोधक प्रतिरोध न्यूनिकरणका लागि आवश्यक अनुगमन र नियमन गर्ने।
  • अन्य प्रादेशिक कार्यालयहरुसंगको समन्वयमा योजना तर्जुमा, भावि कार्यदिशा तथा कार्यक्रम आदिका कारेमा समीक्षा तथा छलफल गर्ने।