logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

हाम्रो बारेमा

हाम्रो बारेमा

पृष्ठभुमि :
गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको ऐतिहासिक पृष्ठभुमि हेर्दा यसको स्थापनाकाल तिर फर्कनु पर्ने हुन्छ । प्रारम्भमा यो श्री ५ सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालयको नाममा स्थापना भएको हो । वि.स. २०४६ को परिवर्तन पश्चात् यसको नाम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय, पोखरा रहन गयो । तत् पश्चात् शासन व्यवस्था परिवर्तन भई संघीय गणतन्त्र स्थापना भई सम्पुर्ण देशलाई सात प्रदेशमा विभाजन गरी सातै प्रदेशमा स्वास्थ्य निर्देशनालय कायम भएका छन् । सोही अनुरुप गण्डकी प्रदेशमा गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको स्थापना भएको छ । यस प्रदेशको पूर्वमा बाग्मती प्रदेश, पश्चिममा ५ नम्बर प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारत देश पर्छ । यस प्रदेश अन्र्तगत दुई अञ्चल गण्डकी र धवलागिरी पर्दछन् भने गोरखा, मनाङ, लमजुङ, तनहुँ, कास्की, स्याङजा, मुस्ताङ, म्यादी, नवलपुर गरी ११ जिल्ला पर्दछन् । यो प्रदेश हिमाली, पहाडी एवम् तराईको समथल भागसम्म फैलिएको छ । यो प्रदेशको सदरमुकाम सुरम्य पोखरा नगरीमा पर्दछ । यो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा नगरपालिका भित्र रहेर आपनो जिम्मेवारीका स्वास्थ्य गतिविधिहरुलाई अगाडि बढाइरहेको छ । यो निर्देशनालय गण्डकी प्रदेशभित्र स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन, व्यवस्थापनको लागी सहयोग गर्ने प्रमुख प्राविधिक एवं प्रशासनिक इकाई हो ।
औचित्य :
मानिसले स्वस्थ्य रहेर सामाजिक, सास्ंकृतिक, आर्थिक एवं राजनैतिक तवरले समान रुपमा जीवन यापन गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । त्यसैले जात, लिङ्ग, वर्ण, धर्म, समुदाय र भौगोलिक बसोबासको आधारमा आधारभूत स्वास्थ्य सेवा सबैको पहँुचमा पु¥याउनु आजको आवश्यकता हो । यसै कुरालाई दृष्टिगत गरी गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको दायित्व प्रदेश भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिने सेवाहरुको एकरुपता र गुणस्तरियताको लागी निर्देशन, नियमन, सुपरिवेक्षण र अनुगमन कार्यलाई सुदृढ बनाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा टेवा पु¥याउने हुन्छ । प्रदेश अन्तरगतका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुको पुनःनिमार्ण, मर्मत सम्भार, औषधि औजारको नियमित आपूर्ति व्यवस्थापन आदि कार्यमा सहयोग गर्ने निकायको रुपमा यस निर्देशनालयको स्थापना भएको छ ।
उद्धेश्य :
  • प्रदेशस्तरको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन गर्ने गराउने ।
  • प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुको नियमन, नियन्त्रण र निर्देशन गर्ने ।
  • प्रदेश मातहतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको गुणस्तरियता कायम भएको निश्चित गर्ने गराउने ।
  • प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्धारा सेवा प्रदान गर्दा आइ परेका प्रशासनिक, प्राविधिक कठीनाईहरुको व्यवस्थापन गर्न सहयोग गर्ने । 
  • औषधि, स्वास्थ्य उपकरणहरुको नियमित आपूर्ति व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने, प्रादेशिक वफरस्टकको व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य संस्थाहरुमा रिक्त कर्मचारीहरुके पदपूर्तिको व्यवस्थापन गर्ने ।
  • राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका अध्ययन, तालिम, गोष्ठी आदिमा संलग्न गराई कर्मचारीहरुको सीप वृद्धिको साथै स्तर वृद्धिको मौका प्रदान गर्ने ।
  • स्वास्थ्य सुचना प्रणलीलाई प्रभावकारी बनाउने ।
  • प्रदेश अन्तरगतका स्थानीय स्वास्थ्य इकाईहरुमा, प्रदेश भित्रका निजि स्वास्थ्य संस्थाहरु, सरोकारवाला अन्य सरकारी र गैर सरकारी संघसंस्थाहरुसगँ समन्वय, सहकार्य गर्ने गराउने ।
  • पर्यावरण संरक्षणको मापदण्ड निर्धारण र कार्यान्वयन गर्ने गराउने ।
  • प्राकृतिक प्रकोप, महामारी रोग रोकथाम नियन्त्रण गर्ने गराउने ।