गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कोरोना भाइरस (कोभिड - १९) सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न


| कोभिड-१९



सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा माननीय मुख्यमन्त्रीज्यू र माननीय सामाजिक विकास मन्त्रिज्यूको उपस्थितिमा कोरोना भाइरस (कोभिड -१९) को विषयमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा प्रदेशस्तरीय फोकल पर्सन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकज्यू डा विनोद विन्दु शर्माले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरुको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो भने पत्रकारहरुले राखेको जिज्ञासाको समेत उत्तर दिनुभएको थियो | कार्यक्रममा माननीय मुख्यमन्त्रीज्यू, सामाजिक विकास मन्त्रीज्यू, कास्की जिल्ला प्रमुख अधिकारीज्युले समेत पत्रकार तथा संचारकर्मीहरुको जिज्ञासाको सामाधान गर्ने प्रयास गर्नुभएको थियो |