गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

प्रदेशस्तरीय समन्वय समितिको बैठक सम्बन्धमा


| कोभिड-१९



मिति २०७६/११/३० गते कोरोना नियन्त्रणका लागि बनेका विभिन्न १० समितिहरुको योजना तथा बजेटको अन्तिम खाका तयार भयो । साथै कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणका लागि गठित प्रदेशस्तरीय समन्वय समितिको संयोजक गण्डकी प्रदेशका प्रमुख सचिव श्री हरिप्रसाद बस्यालको अध्यक्षतामा बैठक बसी आइसोलेसन वार्डको स्थापन गर्ने, PPE सेट तयारी अवस्थामा राख्ने, क्वारेन्टाइनका लागि स्थानको छनौट, विभिन्न स्थानमा हेल्थ डेस्कको स्थापना गर्ने, सूचना सम्प्रेषण गर्न फोकल पर्सन तोक्ने जस्ता विभिन्न निर्णय भएको छ ।