गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कोरोना भाइरस नियन्त्रणका लागि गठित टास्क फोर्सको प्रथम बैठक सम्पन्न


| कोभिड-१९


मिति २०७६/१०/१५ गते स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र, पोखरामा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोद बिन्दु शर्माको अधक्ष्यतामा गठित कोरोना भाइरस पुर्वतयारी सम्बन्धि समिति टास्क फोर्सको प्रथम बैठक सम्पन्न भयो | बैठकको सहजीकरण समितिका सदस्य सचिव बाबुराम आचार्यले गर्नुभएको थियो भने प्राविधिक प्रस्तुति विश्व स्वास्थ्य संगठनका डा राजीव लालचनले गर्नु भएको थियो | बैठकमा पोखरा स्थित शिक्षण अस्पताल, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय कास्की, पोखरा पर्यटन परिषद, होटल एसोसिएसन, WARUN प्रयोगशाला, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो उक्त बैठकले कोरोना भाइरस पूर्वतयारी तथा प्रतिकार्यको लागि निम्न निर्णयहरु गरेको छ :

  1. पोखरामा लेकसाइड र पोखरा विमानस्थालमा सूचना प्रवाह र शंकास्पद विरामीको स्क्रिनिंगको लागि तत्काल हेल्थ डेस्क स्थापना गर्ने
  2. विश्व स्वास्थ्य संगठनलाई ५ सेट व्यक्तिगत सुरक्षा सामग्री (PPE) उपलब्ध गराउनको लागि अनुरोध गर्ने र स्वास्थ्य निर्देशनालयको तर्फबाट १००० पिस गुणस्तरीय मास्क तथा एप्रोन खरिद गर्ने
  3. नमुना संकलन, भण्डारण र ढुवानीको लागि WARUN ले सहयोग गर्ने
  4. स्वास्थ्यकर्मी लाई प्रादेशिक स्वास्थ्य आपतकालीनको समन्वयमा विभिन्न अस्पतालका चिकित्सक द्वारा अभिमुखीकरण प्रदान गर्ने
  5. मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रमश १५, १५ र ३ ओटा isolation bed संलग्न वार्ड स्थापना गर्ने