जिल्ला अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।
| सामान्य

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको तेह्रौँ फलोअप कार्यक्रम हो।

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुंगका कन्सल्टेन्ट सर्जन डाक्टर शंकर लामिछाने, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालका साथै NSI का गण्डकी प्रदेश संयोजक शुष्मा लामाको पनि उपस्थिति रहेको थियो।

जिल्ला अस्पताल, पर्बतको १३ औं फलोअपमा ८५% आएको छ।

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री शंकर गिरिले गर्नुभएको थियोभने वार्ड नं ५ का वार्ड अध्यक्षको बिशेष उपस्थिति रहेको थियो।


                                                    
                                                    Download: जिल्ला अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।
