गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छलफल तथा अन्तर्क्रिया


| कोभिड-१९



सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा आज कोरोना भाईरस (Covid - 19) ले बिश्वभर देखाएको प्रभाव र यसको सतर्कताका सन्दर्भमा गण्डकी प्रदेशमा भैरहेको कृयाकलाप तथा तयारीका बारेमा छलफल भयो । छलफलमा सामाजिक बिकाश मन्त्रालयका सचिब ज्यु, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुखहरु, WHO, ICAO का Health Emergency Experts, निर्देशनालयका कर्मचारीहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, पोखरा महानगरपालिका, नागरिक उड्डयन कार्यालय, काठमाडौं र पोखरा बिमानस्थलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।बैठकले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा अहिलेको कोरोना जस्तै अन्य रोगहरु देखियो भनेपनि त्यसका लागी प्रभाब न्युनिकरण गर्न मेडिकल अधिकृत सहितको कर्मचारी रहनेगरी संरचनाको ब्यबस्था गर्ने साथै क्वारेन्टाइन, हेल्थडेस्कको लागी संरचनाको ब्यबस्था भैरहेको जानकारी गराईएको थियो !!