गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेलले कार्यक्रमको उद्धेश्य तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा ११ जिल्लाका कार्यक्रम फोकल पर्सनहरु, सामाजिक तथा  स्वास्थ्य मन्त्रालय, निर्देशनालय, शिक्षा कार्यालय, कास्की, शितलादेबी मा.बि. बिद्यार्थीहरु लगायत सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको छ। स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेलले सहभागीहरुलाई किशोर किशोरी मैत्री सेवा संचालन र बिस्तारका लागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अस्पताल नर्सिङ प्रशासक लगायत नर्शिङ्ग अधिकृतहरुले गर्नुभएको थियोभने कार्यक्रम संचालन नर्शिङ्ग अधिकृत दृष्टि पौडेलले गर्नुभएको थियो। कार्यक्रम २ दिनसम्म संचालन हुनेछ।

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन।

Download: किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन।