गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

सामाजिक विकास मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयमा पूर्वतयारी बैठक


| सामान्य


मिति २०७६/१०/१२ गते सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश तथा जिल्ला प्रशासन कार्यालय कास्कीमा कोरोना भाइरस सम्बन्धि २ छुट्टाछुट्टै बैठक सम्पन्न भएको छ | बैठकमा मुख्य रुपमा पोखराका ठुला अस्पतालहरुको सहभागीता रहेको थियो भयो भने बैठक कोरो नेपालमा कोरोना भाइरस देखा परिसकेको सन्दर्भमा गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय सहर समेत भएको हुनाले उक्त रोग फैलन नदिन तथा देखा परेको अवस्थामा अपनाउनु पर्ने सावधानी र पूर्वतयारीमा केन्द्रित रहेको थियो | सामाजिक विकास मन्त्रालयमा भएको छलफल तथा बैठकमा माननीय मन्त्रिज्यू, श्रीमान सचिवज्यू, स्वास्थ्य निर्देशनालयका निर्देशकज्यू, क्षेत्रिय अस्पतालका निर्देशकज्यू, मणिपाल शिक्षण अस्पतालका निर्देशक, गण्डकी मेडिकल कलेज अस्पतालका मे.सु ज्यू लगायतको उपस्थिति रहेको थियो भने विश्व स्वास्थ्य संगठनका डा. राजीव लालचनले कोरोना भाइरसका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो |