न्युनतम सेवा मापदण्ड (MSS) सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दीको आयोजनामा आयुर्वेद स्वास्थ्य केन्द्रको
न्युनतम सेवा मापदण्ड (MSS) लेखाजोखा तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।

आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी व्यवस्थापन समिति सदस्य एवं म्याग्दी न.पा. ८ नं. वडा अध्यक्ष श्री उत्तम कुमार कर्माचार्यको अध्यक्षता तथा
बेनी नगरपालिकाक नगरप्रमुख श्री सुरत के.सी. को प्रमुख आतिथ्यतामा संचालन भएको थियो।

कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा गण्डकी आयुर्बेद औषधालय, पोखराका प्रमुख डाक्टर कुमार कासुला, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका
बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक श्री हेमन्त शर्मा पौडेल, जनस्वास्थ्य निरिक्षक् श्री बिष्णु प्रसाद सुबेदी र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा बेनी अस्पताल प्रमुख डा. अन्जु थापा, स्वास्थ्य कार्यालय बेनीका प्रमुख श्री एकनारायण लम्साल, बेनी नगरपालिकाका
चन्दन सुबेदी र लिला गौतमको समेत उपस्थिति रहेको थियो ।

बार्षिक योजना तयार भएको, सिमित श्रोत साधनमा पनि ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने गुणस्तर व्यवस्थापन,
औषधी पाकशाला, CSSD, आदिलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ। यस पहिलो लेखाजोखामा ५१% आएको छ।

                                                    
                                                    Download: न्युनतम सेवा मापदण्ड (MSS) सम्पन्न।
