स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक र पालुङटार नगरपालिका, गोरखाका मेयर बीच भेटघाट सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक र पालुङटार नगरपालिका, गोरखाका मेयर बीच भेटघाट सम्पन्न भएको छ।
छलफलमा विशेषगरी आँपपिपल अस्पतालको बारेमा, OCMC, आमा सुरक्षा कार्यक्रम र एम्बुलेन्स संचालन सम्बन्धी छलफल
भएको थियो।

उक्त छलफल कार्यक्रममा पालुङटार नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायत प्रदेश
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख,
स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।
                                                    
                                                    
                                                