गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्यकर्मीहरुका लागि "सेफगार्डिङ  सम्बन्धि प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम" संचालन।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा कोपिला नेपालको सहयोगमा नेपालमै पहिलो पटक स्वास्थ्यकर्मीहरुका लागि "सेफगार्डिङ (Safeguarding) सम्बन्धि प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम" संचालन भएको छ। ३ दिनसम्म संचालन हुने उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्र रहेका प्रादेशिक अस्पतालका OCMC फोकल पर्शन, अस्पताल ब्यबस्थापक, स्वास्थ्यसंग सम्बन्धित प्रादेशिक कार्यालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रम सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको प्रमुख उपस्थितिमा संचालन भएको छ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका महानिर्देशक मनमोहन मिश्र, प्रदेश क्षयरोग केन्द्रका निमित्त निर्देशक डाक्टर रमेश आचार्य, कोपिला नेपालका बिना शिलवालको बिशिष्ठ उपस्थिति रहेको छ।

कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरूको स्वास्थ्य र मानव अधिकारको रक्षा गर्ने उपायहरूका बारेमा जानकारी प्रदान गर्ने, दुर्व्यवहार, हानि र बेवास्ताबाट मुक्त जीवन बिताउने तरिकाबारे जानकारी दिने, विभिन्न प्रकारका विभेद, हिंसाको बारेमा जानकारी दिने, कानुनी सेवा तथा उपचारका बारेमा जानकारी दिने, कर्मचारी र सेवाग्राहीहरूलाई प्रभावकारी रूपमा सुरक्षा सन्देशहरू प्रबाह गर्ने, सुरक्षा संयन्त्रको व्यवस्थापनमा राम्रो अभ्यास गर्ने, Code Of Conduct को एकरुपता कायम गर्ने र Safeguarding को प्रारम्भिक ड्राफ्ट तयार गर्ने लगायतका मुख्य उद्धेश्य राखेको छ।

सामाजिक बिकाश स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव चण्डिका पौडेल, स्वास्थ्य प्रशासक डाक्टर रमेश केशी, स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्मा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नर्शिंङ्ग अधिकृत कबिता पौडेल, कोपिला नेपालका बिना शिलवालले सहजीकरण गर्ने उक्त कार्यक्रमको संयोजन तथा मुख्य सहजीकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले गर्नुभएको छ।

स्वास्थ्यकर्मीहरुका लागि "सेफगार्डिङ  सम्बन्धि प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम" संचालन।

Download: स्वास्थ्यकर्मीहरुका लागि "सेफगार्डिङ  सम्बन्धि प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम" संचालन।