गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

टास्क फोर्सको तेस्रो बैठकले गरेका विभिन्न निर्णयहरुका सम्बन्धमा


| कोभिड-१९



मिती २०७६।११।२२ गतेको दिन स्वास्थ्य निर्देशनालयमा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको टास्क फोर्स बैठक सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माको अध्क्षतामा सम्पन्न उक्त बैठकका मुख्य उपलब्धीहरु यस प्रकार छन् ।

  1. कोरोना भाईरस ब्यबस्थापनका लागी बिषेशज्ञ टोली गठन भयो ।
    • डाक्टर अर्जुन आचार्य, संयोजक
    • डाक्टर गोख्ले, सदस्य
    • डाक्टर राम श्रेष्ठ, सदस्य
    • डाक्टर पदम खड्का, सदस्य
    • डाक्टर सरोज पोखरेल, सदस्य
    • डाक्टर राजिब लालचन, सदस्य सचिव
  2. प्रेषण अस्पताल सम्बन्धमा यस बैठकबाट कोरोना भाईरसको संकास्पद ब्यक्ति आएमा शुरुको प्रेषण अस्पतालको रुपमा पुरानो चरक अस्पतालमा लैजाने जहाँ ICU सहितको ३० वटा बेड उपलब्ध रहेका छन । त्यसपछि क्रमश गण्डकी मेडिकल कलेज, मनिपाल अस्पताल, हरियोखर्क अस्पताल, गिरीजा प्रसाद श्वासप्रश्वास अस्पतालमा लैजाने र यदि यी अस्पतालमा पनि शैयाको अभाब भएमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पुरै अस्पताल खाली गराउने निर्णय भयो ।
  3. सबै प्रेषण अस्पतालका ५/५ जना ल्याब सहितको मेडिकल टिमलाई २०७६।११।२३ गते स्वास्थ्य निर्देशनालयमा तालिम दिने निर्णय भयो ।