गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

हाम्रो बारेमा


स्वरुप प्रकृतिः

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको ऐतिहासिक पृष्ठभुमि हेर्दा यसको स्थापनाकाल तिर फर्कनु पर्ने हुन्छ। प्रारम्भमा यो श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालयको नाममा स्थापना भएको हो। वि.स. २०४६ को परिवर्तन पश्चात् यसको नाम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय, पोखरा रहन गयो। तत् पश्चात् शासन व्यवस्था परिवर्तन भई संघीय गणतन्त्र स्थापना भई सम्पुर्ण देशलाई सात प्रदेशमा विभाजन गरी सातै प्रदेशमा स्वास्थ्य निर्देशनालय कायम भएका छन् । सोही अनुरुप गण्डकी प्रदेशमा गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको स्थापना भएको छ। यस प्रदेशको पूर्वमा बाग्मती प्रदेश, पश्चिममा लुम्बिनी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारत देश पर्छ । यो प्रदेश हिमाली, पहाडी एवम् तराईको समथल भागसम्म फैलिएको छ । यो प्रदेशको सदरमुकाम सुरम्य पोखरा नगरीमा पर्दछ। यो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा नगरपालिका भित्र रहेर आपनो जिम्मेवारीका स्वास्थ्य गतिविधिहरुलाई अगाडि बढाइरहेको छ। यो निर्देशनालय गण्डकी प्रदेशभित्र स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन, व्यवस्थापनको लागी सहयोग गर्ने प्रमुख प्राविधिक एवं प्रशासनिक इकाई हो।

 

औचित्य :

मानिसले स्वस्थ्य रहेर सामाजिक, सास्ंकृतिक, आर्थिक एवं राजनैतिक तवरले समान रुपमा जीवन यापन गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। त्यसैले जात, लिङ्ग, वर्ण, धर्म, समुदाय र भौगोलिक बसोबासको आधारमा आधारभूत स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउनु आजको आवश्यकता हो । यसै कुरालाई दृष्टिगत गरी गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको दायित्व प्रदेश भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिने सेवाहरुको एकरुपता र गुणस्तरियताको लागी निर्देशन, नियमन, सुपरिवेक्षण र अनुगमन कार्यलाई सुदृढ बनाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा टेवा पु¥याउने हुन्छ । प्रदेश अन्तरगतका स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुको पुनःनिमार्ण, मर्मत सम्भार, औषधि औजारको नियमित आपूर्ति व्यवस्थापन आदि कार्यमा सहयोग गर्ने निकायको रुपमा यस निर्देशनालयको स्थापना भएको छ ।

 

उद्धेश्य :

  • प्रदेशस्तरको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन गर्ने गराउने ।
  • प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुको नियमन, नियन्त्रण र निर्देशन गर्ने ।
  • प्रदेश मातहतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको गुणस्तरियता कायम भएको निश्चित गर्ने गराउने ।
  • प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्धारा सेवा प्रदान गर्दा आइ परेका प्रशासनिक, प्राविधिक कठीनाईहरुको व्यवस्थापन गर्न सहयोग गर्ने। 
  • औषधि, स्वास्थ्य उपकरणहरुको नियमित आपूर्ति व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने, प्रादेशिक वफरस्टकको व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य संस्थाहरुमा रिक्त कर्मचारीहरुके पदपूर्तिको व्यवस्थापन गर्ने ।
  • राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका अध्ययन, तालिम, गोष्ठी आदिमा संलग्न गराई कर्मचारीहरुको सीप वृद्धिको साथै स्तर वृद्धिको मौका प्रदान गर्ने।
  • स्वास्थ्य सुचना प्रणलीलाई प्रभावकारी बनाउने ।
  • प्रदेश अन्तरगतका स्थानीय स्वास्थ्य इकाईहरुमा, प्रदेश भित्रका निजि स्वास्थ्य संस्थाहरु, सरोकारवाला अन्य सरकारी र गैर सरकारी संघसंस्थाहरुसगँ समन्वय, सहकार्य गर्ने गराउने ।
  • पर्यावरण संरक्षणको मापदण्ड निर्धारण र कार्यान्वयन गर्ने गराउने ।
  • प्राकृतिक प्रकोप, महामारी रोग रोकथाम नियन्त्रण गर्ने गराउने । 

 

भावी सोच 

  • स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक  

ध्येय 

  • साधन स्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरी सहकार्य र साझेदारी मार्फत नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्ने। 

लक्ष्य 

  • सबै वर्गका नागरिकका लागि सबै सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने। 

उद्देश्य

  • संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हक सबै नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्नु  
  • सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार गर्नु । 
  • सबै तहका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै सहज पहुँच निश्चित गर्नु । 
  • अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु । 
  • सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रसँग बहुक्षेत्रीय साझेदारी, सहकार्य तथा सामुदायिक सहभागितालाई प्रबर्द्धन गर्नु । 
  • नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक स्वास्थ्य सेवामा रूपान्तरण गर्दै जानु ।