गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

महानिर्देशकको सन्देश


संघिय तथा गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय अन्तर्गतका कार्यालयहरुबाट बिश्व महामारीको रुपमा रहेको कोभिड–१९ को व्यवस्थापनका लागि उच्च प्राथमिकताका साथ कार्यहरु भइरहेको व्यहोरा अनुरोध छ।यस रोग विरुद्धको खोप सबै नागरीकहरुलाई समयमै व्यवस्थापन गरी रोगबाट बचाउन छिटो भन्दा छिटो यो अभियान सम्पन्न गर्ने हाम्रो योजना रहेकोले तोकिएको जनस्वास्थ्यका मापदण्डहरु अपनाई खोप लगाउन आग्रह समेत गदर्छौ ।
 
आम नागरिकहरुको स्वास्थ्यलाई मन्ध्यनजर राख्दै यस प्रदेश भित्र रहेका सबै अस्पतालहरुबाट स्वास्थ्य बिमा कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्डको प्रयोग गरी सेवाग्राहीलाई छिटो छरितो तथा सन्तुष्टिपुर्वक सेवा लिनेदिने वातावरण विकास गर्नका लागि स्वास्थ्य निर्देशनालयले  महत्वपूर्ण भूमिका निर्बाह गरिरहेको छ । यसका साथै गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य सेवाहरु उपलब्ध भैरहेको अवस्थामा सरकारी क्षेत्रको गुणस्तर बृद्धि गर्न न्युनतम सेवा मापदण्डलाई कार्यन्वयन गर्ने र गैरसरकारी तथा निजि स्वास्थ्य संस्थाहरुबाट दिईएको सेवाहरुको नियमित अनुगमन, इजाजत, सेवाको स्तरोन्नती र नियमन कार्यलाई सुदृढ गर्नु हाम्रो प्राथमिकता हो ।
 
हामीले विगत वर्षहरु देखिनै विभिन्न प्रकारका जनस्वास्थ्य क्रियाकलापहरु संचालन गरी महत्पूर्ण उपलब्धी हाँसिल गर्दै आइरहेका छौ र अहिलेको अवस्थामा संबिधान अनुरुप तीन तहका सरकारहरुको फरक जिम्मेवारी भएकोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका जनस्वास्थ्य सुचकहरुको लक्ष्य प्राप्तिका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न अपरिहार्य छ। त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा भएका हरेक चुनौती तथा समस्याहरुलाई समाधान गर्दै स्वास्थ्यको स्तर बढाउनुपर्ने अत्यन्तै महत्वपूर्ण क्षणमा हामी रहेका छौँ । हाम्रा स्वास्थ्यका संरचनाहरु जस्तै स्वास्थ्य कार्यालयहरु, अस्पतालहरू, आर्युवेद औषधालय तथा केन्द्रहरु र स्वास्थ्य निर्देशनालयबाट स्थानिय तहका स्वास्थ्य समस्याहरु पहिचान तथा समाधान गर्नको लागि सहजिकरण गर्नु हाम्रो एक मुख्य कार्य हो त्यसैले स्वास्थ्य क्रियाकलापहरु बिच तादाम्यता मिलाउन तथा अधिकतम उपलब्धि प्राप्त गर्न सहयोग र सहजिकरण गर्दै लैजाने कार्यको लागि हामी प्रतिबद्ध छौ ।
 
जनस्वास्थ्यका विभिन्न आयामको निरन्तर निगरानी गर्नुपर्छ भन्ने महत्वपूर्ण पाठ हालको विश्व महामारी र अन्य स्वास्थ्य संकटहरुले पटक पटक सिकाएका छन् तसर्थ यस प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र मार्फत अन्य स्वास्थ्यका आयामहरुलाइ समेत एकिकृत गरि खोजपड्ताल तथा जनस्वास्थ्य निगरानी कार्यक्रमलाई सूचना तथा संचार प्रविधि मैत्री बनाउदै उच्च स्तरमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ ।साथै यो प्रदेश बाढि पहिरो जस्ता विपद्ले पनि आक्रान्त छ । त्यसै कारणले एकद्धार प्रणालीबाट स्वास्थ्य क्षेत्रको प्रतिकार्यको लागि एम्बुलेन्सहरु तयारी अवस्थामा रहने, घाईतेहरुलाई समयमै अस्पताल पुर्याउने, बाढी पहिरो र कुनै विपद् परेको समयमा छिटो भन्दा छिटो स्वास्थ्य सहयोग पुर्याउनका लागि योजनावद्ध रुपमा अगाडी बढिरहेका छौं।
 
स्वास्थ्य नीति, रणनीति र मापदण्ड आदि निमार्णका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्नुका साथै यस प्रदेश अन्तर्गत रहेका स्वास्थ्यकर्मीहरुको प्रोफाइल तयार गर्ने, उचित मानव स्रोत व्यवस्थापनका लागि समयमै लोक सेवा आयोगमा माग आकृती फारम पठाउन सहयोग गर्ने, समयमै दरबन्दी अनुसारको पदपुर्ती हुन नसकेमा करार सेवा मार्फत जनशक्तिहरुको व्यवस्थापन गर्न आवश्यक सहयोग गर्नुका साथै परिवर्तित परिवेशमा संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्तिको व्यवस्थापनको लागि कार्य गर्नु हाम्रो प्राथमीकताको क्षेत्र हो ।
 
धन्यवाद ।