logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

हाम्रा कार्यहरु

हाम्रा कार्यहरु

  • प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य महाशाखाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयसगँ समन्वय गरि नीतिगत कार्यहरु गर्ने र स्वास्थ्य निर्देशनालयले मन्त्रालयको प्रादेशिक नीति निर्माणमा सहयोग गर्नुका साथै रणनिति, कार्यक्रम, योजना गरि प्रादेशिक स्वास्थ्य कार्यालय मार्फत तपशिल बमोजिमका कार्यहरु गर्ने छ ।

    नीति, योजना तथा कार्यक्रम समन्वय शाखा

    -        स्वास्थ्य सेवा सम्बन्धी प्रादेशिक अल्पकालिन तथा दीर्घकालिन नीति तर्जुमा प्रदेश मन्त्रालयलाई सहयोग गर्ने ।

    -        राष्ट्रिय मापदण्ड बमोजिम मातृ तथा नवशिशु स्वास्थ्य खोप तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा किशोर किशोरी स्वास्थ्य, आधारभूत स्वास्थ्य सम्बन्धि प्रादेशिक नीति निमार्ण गर्ने प्रदेश मन्त्रालयलाई सहयोग गर्ने तथा रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकोलहरु त्यार पार्ने ।

    -        प्रदेशस्तरिय आवधिक तथा वार्षिक आयोजना तथा कार्यक्रम तर्जुमा र कार्यावन्यन गर्ने ।

    -        राष्ट्रिय नीति तथा रणनीति अनुसार स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु प्रदेश तथा स्थानीयस्तरमा कार्यान्वयन गर्न सहजिकरण गर्ने ।

    -        स्थानीय तह तथा सरोकारवालाहरुसगँ प्राविधिक विषयमा समन्वय तथा सहजिकरण गर्ने ।

    -        पोषण सम्बन्धि प्रादेशिक नीति तथा कानून निर्माणमा सहयोग गर्ने, गुणस्तर मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने ।

    -        प्रदेश स्तरिय अनुसन्धानका प्राथमिकता निर्धारण, अध्ययन तथा अनुसन्धान गर्ने ।

    -        प्रदेश स्तरिय स्वास्थ्य मानवस्रोत विकास र व्यवस्थापन गर्ने ।

    -        आयोजन तथा कार्यक्रमहरुको अनुगमन, समीक्षा तथा मुल्याङ्कन गर्ने ।

    -        प्रदेशस्तरमा स्वास्थ्य सम्बन्धि स्वास्थ्य लेखा पद्दति विकासतथा अध्ययन, अनुसन्धान गर्ने ।

    -        खानेपानी, खाद्य पदार्थ, ध्वनी र हावाको गुणस्तर अनुगमन एवं गुणस्तरको मापदण्ड निर्धाण गर्ने, अन्तर निकाय समन्वय तथा कार्यान्वयन गर्ने ।

    -        स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्वाधार विकासको प्रादेशिक योजन तर्जुमा गर्ने ।

    -        स्वास्थ्य सम्बन्धि विषयहरुमा अन्तरप्रदेश र तहगत सहकार्य तथा समन्वय गर्ने ।

    -        प्रादेशिक कार्यक्रमहरुको सुपरिवेक्षण तथा अनुगमन ।

    -        स्वास्थ्य तथा पोषण प्रवद्र्धनको बहुक्षेत्रीय समन्वय गर्ने ।

     

    चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा

    -        संघीय मापदण्ड बमोजिम रोग नियन्त्रण, निगरानी तथा प्रकोप व्यवस्थापनका लागी प्रदेशस्तरमा आवश्यक पर्ने नीतिगत व्यवस्था गर्न सहयोग गर्ने तथा योजना तर्जुमा प्रकियामा समन्वय तथा सहयोग गर्ने ।

    -        प्रदेशस्तरिय जनस्वास्थ्य निगरानीका कार्य गर्ने ।

    -        जनस्वास्थ्य आपतकालिन अवस्था, स्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन गर्ने ।

    -        रोग नियन्त्रण, निगरानी तथन प्रकोप व्यवस्थापन गर्न अन्तरप्रदेशीय समन्वय गर्ने ।

    -        प्रदेशस्तरिय सरुवा र नसर्ने रोग नियन्त्रण तथा रोकथामका कार्य गर्ने ।

    -        औषधी निगरानी, औषधीको समुचित प्रयोग र सुक्ष्मजीव निरोधक प्रतिरोध न्युनीकरण सम्बन्धि कार्य गर्ने ।

    -        राष्ट्रिय मापदण्ड तथा प्रादेशिक आवश्यकता अनुसार अस्पताल सेवा सुदृढिकरण सम्बन्धि कानुन तथा नीति तयार गर्न सहयोग गर्ने, मार्गदर्शन, गुणस्तर मापदण्ड निमार्ण गर्ने ।

    -        स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धि प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने, नियक तथा मापदण्ड निर्माण गर्ने ।

    -        प्रदेशस्तरमा निजि तथा सरकारी अस्पताल बीचको सहकार्यका लागी रणनीति, मापदण्ड निमार्ण तथा कार्यान्वयन गर्ने ।

    -        राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा प्रादेशिक मापदण्ड तथा निर्देशिका निर्माण गरि अस्पताल, नर्सिङ होम, क्लिनिक, पोली क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरुको दर्ता सिफारिस तथा अनुमति, नविकरण, स्तरोन्नति तथा नियमन सम्बन्धि कार्य गर्ने ।

    -        प्रदेशस्तरमा स्वास्थ्य सेवा जन्य फोहरमैला व्यवस्थापन सम्बन्धि रणनीति, मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।

    -        प्रदेशस्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यवस्थापन गर्ने ।

    -        स्थानीय स्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण व्यवस्थापन गर्न सहजिकरण गर्ने ।

    -        स्थानीय स्तरमा स्वास्थय संस्था तथा सेवा सुदृढिकरणका लागी सहजिकरण गर्ने ।

    -        अन्तराष्ट्रिय, राष्ट्रिय तथा प्रादेशिक अनुरुप स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिकरणहरुको प्रभाव न्यूनिकरण सम्बन्धि कार्य गर्ने ।

    -        प्रदेशस्तरका अस्पतालहरुलाई अन्तराष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको रुपमा विकास तथा व्यवस्थापन गर्नमा सहयोग गर्ने ।

    -        प्रदेश स्तरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड निर्माण तथा कार्यान्वयनका लागी सहजिकरण तथा समन्वय गर्ने ।

    -        अस्पताल तथा स्वास्थ्य संस्था भवन सहिता विकास, अध्यावधिक गर्ने ।

    -        स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारहरु तथा उपकरणहरुको स्तरिकरण गरि लगत राख्ने ।

    -        स्वास्थ्य पूर्वाधार तथा उपकरणको नीरिक्षण, अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने ।

    -        राष्ट्रिय मापदण्ड बमोजिम औषधीजन्य तथा स्वास्थ्य प्रविधि सामग्री उत्पादन, संचय, अधिकतम खुद्रा मुल्य, अन्तिम बिर्सजन सम्बन्धि गुणस्तर मापदण्ड, दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने ।

    -        निर्धारित मापदण्ड र वर्गीकरण बमोजिम पेशागत अनुमति प्रदान गर्ने ।

     

     

    खरिद तथा आपूर्ति व्यवस्थापन शाखा

    -        राष्ट्रिय मापदण्ड तथा प्रादेशिक आवश्यकता अनुसार औषधी, परिवार नियोजनका सामग्री, खोप तथा खोपजन्य सामग्रीहरुको खरिद तथा आपूर्ति सम्बन्धी कानुन र नीति तयार गर्न सहयोग गर्ने , निर्देशिका, मापदण्डहरु निर्माण गर्ने ।

    -        प्रादेशिक स्तरको औषधि, परिवार नियोजनका सामग्री, खोप तथा खोपजन्य सामग्री, खोप तथा खोपजन्य सामग्रीहरुको खरिद, भण्डारण तथा आपूर्ति गर्ने ।

    -        प्रदेशस्तरमा भवन, मेशिनरी औजार, उपकरण, सञ्चार साधन सवारी साधन लगायतका भौतिक साधनहरुको आपूर्ति व्यवस्था गर्ने ।

    -        स्थानीय तहका स्वास्थ्य संस्थाका लागी आवश्यक औजार, उपकरण तथा औषधीहरुके खरिद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।

     

    स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा :

    -        राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धि नीति तयार गर्न सहयोग गर्ने, नियम, निर्देशिका, मापदण्ड तथा प्रोटोकलहरु निर्माण गर्ने ।

    -        स्वास्थ्य सूचना पद्दतिहरुलाई समयानुकुल अध्यावधिक तथा प्रविधिमैत्री बनाउँदै व्यस्थापन गर्ने ।

    -        एच.एम.आई.एस, एल.एम.आई,एस, एच.आई.एस जस्ता स्वास्थ्य क्षेत्रमा विद्यमान सुचना प्रणलीलाई एकीकृत प्रणलीको रुपमा प्रदेशस्तरमा संस्थागत गर्ने ।

    -        प्रदेशस्तरको आवश्यकता अनुसार स्वास्थ्य सूचनाको सूचकहरु निर्धारण एवं कार्यान्वयन गर्ने ।

    -        स्वास्थ्यसगँ सम्बन्धित सूचनाको विश्लेषण गरी वार्षिक तथा आवधिक रुपमा प्रतिवेदन तथर तथा सार्वजनिकरण गर्ने ।

    -        एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई विभिन्न तहमा संस्थागत गर्न क्षमता अभिवृद्धिका लागी सहजीकरण गर्ने ।

    -        स्वास्थ्य सेवा सम्बन्धि सूचना व्यवस्थापन तथा कार्यान्वयनका लागी स्थानीय तहसगँ समन्वय तथा सहकार्य गर्ने ।

    -        राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिकस्तरमा जनसंख्या तथा परिवार योजना सम्बन्धि नीति तयार गर्न सहयोग गर्ने, रणनीति, निर्देशिका, गुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्ने ।

    -        राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा बसाईसराई सम्बन्धि नीति तयार गर्न सहयोग गर्ने, रणनीति, निर्देशिका तयार गर्ने ।

    -        प्रादेशिक स्तरमा जनसंख्या तथा परिवार नियोजन सेवा सम्बन्धि सर्वेक्षण, अनुसन्धान र विश्लेषण गर्ने ।

    -        जनसंख्या व्यवस्थापन तथा परिवार योजना सम्बन्धि प्रादेशिक स्तरमा योजना कार्यान्वयन गर्ने ।

    -        जनसंख्या व्यवस्थापन सम्बन्धि स्थानीय स्तरमा कार्यक्रममा कार्यान्वयनका लागी सहजिकरण गर्ने ।

    -        प्रादेशिकस्तरमा जनसंख्या चाप सूचाङ्क तथा प्रोफाइल तयार गर्ने ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

    -        संघीय मापदण्ड बमोजिम जडिबुटी संरक्षण, सम्बर्धन, प्रबर्धन गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागी नीति तर्जुमा गर्न सहयोग गर्ने ।

    -        आयुर्वेद र अन्य प्रचलित स्वास्थ्य सेवा सम्बन्धि प्रदेशस्तरिय मापदण्ड तर्जुमा र व्यवस्थापन गर्ने ।

    -        प्रदेश तहमा प्रदान गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको अनुगमन तथा सुपरिवेक्षण गर्ने ।

    -        आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थय उपचार सेवा व्यवस्थापन गर्ने ।

    -        आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा सेवा स्थानीय तहबाट प्रवाहका लागी आवश्यक समन्वय र सहजिकरण गर्ने ।

    नर्सिङ सेवा व्यवस्थापन शाखा

    -        प्रादेशिक स्तरमा नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागी मापदण्ड तथा प्रोटोकल निर्धाण र नियमन गर्ने ।

    -        गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक मापदण्ड, निर्देशिका जारी गर्न सहजिकरण गर्ने ।

    -        नर्सिङ तथा मिडवाईफ्री सेवाको विकास र प्रबर्धनका लागी आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।

    -        नर्सिङ तथा मिडवाईफ्री सम्बन्धि मानव संसाधंनको योजना, क्षमता अभिवृद्धि, विकास र व्यवस्थापनमा समन्वय र सहयोग गर्ने ।

    -        प्रादेशिक आवश्यकता अनुसार महिला स्वास्थ्य स्वयंसेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वयं सेवा परिचालनका सम्बन्धमा आवश्यक मापदण्ड निर्धाण तथा कार्यान्वयन गर्ने ।

    प्रशासन शाखा

    -        आन्तरिक प्रशासन, कार्यालय व्यवस्थापन, सरसफाइ । आवश्यक भौतिक व्यवस्था गर्ने ।

    -        आन्तरिक कर्मचारी प्रशासन, आन्तरिक कार्य विभाजन, हाजिरी, बिदा, रमाना, पालो पहरा, खटनपटनको व्यवस्थापन गर्ने ।

    -        कार्यालय भवन, परिसर, सवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने ।

    -        निर्देशनालयको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्था, जिम्मा तथा रेखदेख, संभार, संरक्षण, निरिक्षण तथा प्रतिवेदन सम्बन्धि कार्यहरु गर्ने ।

    -        आवश्यक जनशक्तिको दरवन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्ने ।

    -        प्रदेशमातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।

    -        प्रदेशमातहतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, बिदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने ।

    -        कार्यसम्पादन मूल्याङकन् सम्बन्धि मूल्याङकनको अधिलेख तथा व्यवस्थापन गर्ने ।

    -        स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागी सचिवालय सम्बन्धि कार्य गर्ने ।

    -        स्तरवृद्धि सम्बन्धि कार्य गर्ने ।

    -        मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अद्यावधिक गर्ने ।

    -        लामो अवधिका बिदा तथा कारवाहीहरुके अधिलेख राख्ने ।

    -        क्र्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने ।

    -        आर्थिक योजना तथा सघींय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने ।

    -        वित्तिय नीति तर्जुमा बजेट, मन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक विनियोजन बाडँफाडँ सम्बन्धि कार्यहरु गर्ने, गराउने ।

    -        विनियोजित बजेटको निकासा, खर्च, लेखाङकन तथा प्रतिवेदन र लेखापरिक्षण सम्बन्धी कार्यहरु गर्ने र गराउने ।

    -        योजना तथा कार्यक्रम तर्जुमा, बजेट कार्यान्वयन, लेखापरिक्षण तथ बेरुजु फछ्रयोट, आर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने ।

    -        आन्तरिक बजेट सञ्चालन गर्ने ।

    -        केन्द्रीय लेखा, लेखाप्रणली तथा आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन गर्ने ।

    -        प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यवस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।

     

     

     

    स्वास्थ्य प्रवर्धन तथा तालिम शाखा

    -        राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य प्रबर्धन सम्बन्धि प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटेकलहरु तयार गर्ने ।

    -        स्वास्थ्य शिक्षा सामग्री विकास तथा वितरण सम्बन्धि प्रादेशिक नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु -  हानिकारक वस्तुहरुको बजारीकरणको सुचना संचार सम्बन्धि कानुन, नीति, रणनीति, निर्देशिका एवम् मापदण्डहरु तयार गर्न सहयोग गर्ने ।

    -        सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रादेशिक स्तरको मापदण्ड, नियन्त्रण निर्धारण तथा नियमन गर्ने ।

    -        व्यवहार परिवर्तन संचार सम्बन्धि कार्यक्रमहरु प्रदेशस्तरमा कार्यान्वयन तथा स्थानीय स्तरमा कार्यान्वयनका लागी सहजिकरण गर्ने ।

    -        स्वास्थ्य शिक्षा तथा प्रवर्धन सम्बन्धि अध्ययन, अनुसन्धान, कार्यान्वयन गर्ने एवम् गर्न सहजिकरण गर्ने ।

    -        विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा सुचना तथा सामग्रीहरुको विकास तथा वितरण गर्ने ।

    -        विद्युतीय लगायतका सबै सञ्चार माध्यमको उच्चतम् उपयोग गरी स्वास्थ्य सम्बन्धि सुचना सम्प्रेषण गर्ने ।

    -        सूचनामुलक, प्रवर्धनात्मक र जनचेतनामूलक स्वास्थ्य शिक्षा र सूचनाको प्रवाहका लागी सरकारी र गैरसरकारी क्षेत्रहरुमा समन्वय गर्ने ।

    -        संघिय तालिम निर्देशिका, प्रोटोकल तथा मापदण्ड बमोजिम प्रदेशस्तरका तालिम सामग्री तथा पाठ्यक्रम विकास गर्ने ।

    -        प्रदेश अन्तरगतका स्वास्थ्यकर्मीहरुको तालिम आवश्यकता पहिचान गर्ने ।

    -        प्रदेश स्तरमा सञ्चालन गर्नुपर्ने तालिम व्यवस्थापन तथा सञ्चालन गर्ने ।

    -        अनुगमन तथा मुल्याङकनका आधारमा आवश्यकता अनुसार तालिम सामग्री तथा पाठ्यक्रमको परिमार्जन गर्ने ।

    -        स्वास्थ्यकर्मीहरुको पेशागत वृतिविकासको लागी तालिम प्याकेजहरु विकास गर्ने ।

    -        स्वास्थ्य क्षेत्रका लागी तालिमहरु तथा सिप विकास सम्बन्धि पाठ्यक्रम तथा सामग्री विकास गर्ने

    -        संघको संलग्नता सञ्चालन गर्नुपर्ने राष्ट्रियस्तरका तालिम सामग्री विकासका लागी सहजिकरण गर्ने ।

    -        स्वास्थ्य सम्बन्धि तालिम संचालनका लागी सरोकारवाला निकायहरुसगँ समन्वय गर्ने ।

    -        स्थानीय स्तरका तालिम एवम् सिप विकासका कार्य संचालनका लागी प्राविधिक सहयोग गर्ने ।

    -        तलिम सम्बन्धि सूचना व्यवस्थापन गर्ने ।

    -        स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधिको प्रयोग गरी दुर शिक्षा प्याकेजहरु कार्यान्वयन गर्ने ।

    -        संघिय मापदण्ड बमोजिम तालिम तथा तालिम सञ्चालन गर्ने निकायहरुको प्रयायन तथा नियमन सम्बन्धि कार्यहरु एवं गुणस्तर निर्धारण सम्बन्धि कार्यहरु गर्ने ।

     

    समन्वय, सम्बन्ध स्थापन :

    -        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सिधै वा स्वास्थ्य सेवा विभाग मार्फत नीति, निर्देशन, आर्थिक, प्रशासनिक मानव संसाधन, आपूर्ति व्यवस्थापन आदि द्धारा नियमित सहयोग र समन्वय हुने गर्दछ ।

    -        स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई प्रदेशस्तरमा भएका गतिविधिहरुको जानकारी ।

    -        अन्य स्वास्थ्यसगँ निकट सम्बन्ध राख्न मन्त्रालय, विभाग, आयोजनासगँ पनि नित्य सम्पर्कमा रहेर एक आपसमा सहयोग र समन्वयको कार्य हुदैँ आएको छ ।

    -        त्यसैगरी प्रदेशस्तरका अन्य मन्त्रालय, निर्देशनालयहरुसगँ आपसी बैठक समीक्षात्मक कार्यक्रमहरुको माध्यमद्धारा एक आपसमा जानकारी एवं सहयोगको आदानप्रदान ।

    -        जिल्ला र पालिका स्तरमा प्रतिवेदनको आदानप्रदान, Virtual meeting, Video Conference, Supervision, Monitoring, Follow up आदिद्धारा आपसी छलफल र जानकारी लिने दिने कार्य ।

    -        स्वास्थ्य कार्यक्रमलाई सहयोग पुरयाउने अन्य दातृ संघसंगठनहरुसगँ नित्य सम्पर्कमा रहेर कार्यक्रम संचालन हुदैँ आइरहेका छन् । यसप्रकार संघीय मन्त्रालय, विभाग, अन्तर प्रदेश र स्थानीय प्रदेशका अन्य मन्त्रालय, निर्देशनालयहरु र जिल्ला एवं पालिका तहसम्मका विभिन्न निकायहरुसगँ नजिकको सम्बन्ध कायम राखी आपसी सहयोग समन्वयका कार्यहरु हुदैँ आएका छन् ।