गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

1st SAFETYNET Scientific Conference सम्पन्न।


| सामान्य


अस्ट्रेलियाको क्यानबेरामा यहि सेप्टेम्बर ११ देखि १५ सम्म संचालन भएको 1st SAFETYNET Scientific Conference मा नेपालबाट ९ जना सहभागीहरुले सहभागिता जनाउनु भएको छ। जसमा गण्डकी प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, स्वास्थ्य कार्यालय, नवलपरासीका प्रमुख केशब प्रसाद चापागाईं र स्वास्थ्य कार्यालय, मनांगका प्रमुख बाबुराम आचार्य रहनुभएको थियो। उक्त कार्यक्रममा नबराज शर्माले "Enhancing Rapid Response and Communication for Effective Aviation Accident Response: Lessons from Nepal, 2023" बिषयमा Poster Presentation, बाबुराम आचार्यले "Food Poisoning from Consumption of Wild Mushroom in Manang Distirct, Gandaki Province, Nepal: A Case Series" बिषयमा short oral presentation र केशब प्रसाद चापागाईंले "Malaria Case Investigation in Nawalparasi East District of Nepal, 2023" बिषयमा long oral presentation गर्नुभएको थियो।

सो 1st SAFETYNET Scientific Conference कार्यक्रममा स्वास्थ्य कार्यालय, मनाङ, नेपालका प्रमुख बाबुराम आचार्यले best short oral presentation मा दोश्रो स्थान प्राप्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा Australian National University, Australia मा अध्यनरत आशिष श्रेष्ठले पहिलो स्थान हासिल गर्नुभएको थियो। कार्यक्रममा Best long oral presentation मा मलेशियाका सहभागीले प्रथम स्थान प्राप्त गर्नुभएको थियो।

 

1st SAFETYNET Scientific Conference सम्पन्न।

Download: 1st SAFETYNET Scientific Conference सम्पन्न।