स्याङ्गजा जिल्लामा हैजाको एक केस रिपोर्ट भएको छ।
मिति २०८०/०४/२१ गते स्याङ्गजा जिल्लामा हैजाको एक केस रिपोर्ट भएको जानकारी स्वास्थ्य कार्यालय, स्याङ्गजाका प्रमुख बसुन्धरा शर्माले दिनुभएको छ।
स्याङ्जाको पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषलाई झाडापखाला (चामलको पानीको प्रकार) को लक्षण देखिएपछि स्याङ्जा जिल्ला अस्पताल स्वास्थ्य जाँचका लागि आएका थिए र उनको आरडीटी किटमा हैजा पोजेटिभ देखिएको थियो ।
संक्रमित बिरामीले श्रावण २० गते आफ्नो परिवारका ३ सदस्य (८ मध्ये) सँगसँगै fiddlehead fern (न्यूरो साग) खाएका गरेका थिए । हिजो उनलाई धेरै पटक दिसा लागेको थियो जसका कारण स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल गएका थिए। यसपछि उनको परीक्षण गरिएको थियो।
स्वास्थ्य कार्यालय, स्याङ्गजाका योजनाहरु:
- परिवारका सदस्यहरूमा सम्पर्क ट्रेसिङ सञ्चालन गर्ने र हैजाको लागि स्टूल परीक्षण गर्ने
- संक्रमितको क्षेत्रमा पानीको परीक्षण गर्न
- नमूनाहरू पुष्टि परीक्षणको लागि PPHL मा पठाउने
- स्थानीय स्तरमा Risk Communication and Community Engagement सञ्चालन गर्ने
वालिङ अस्पताल र स्वास्थ्य निर्देशनालयबाट पानी परीक्षणको लागि मिडिया र मेम्ब्रेन फिल्टरको प्रावधानमा सहयोग गर्न पानी परीक्षण मेसिन उपलब्ध गराउने निर्णय गरिएको छ। क्लिनिकल जानकारीका लागि जिल्ला अस्पतालका एमडीजीपी (डा. पूजा सिन्हा) सँग सम्पर्क गरी पुष्टि परीक्षणका लागि नमूनाहरू PPHL मा पठाउने तयारी भएको छ।
Download: स्याङ्गजा जिल्लामा हैजाको एक केस रिपोर्ट भएको छ।