शापू रोगबारे जानकारी।
| सामान्य
शापू कस्तो रोग हो?
शापू एक दृष्टिनाशक रोग हो । प्राय बर्षायाम पछि भदौ देखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।
शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।
Download: शापू रोगबारे जानकारी।