logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

आकस्मिक भिडियो कन्फ्रेंस बैठक सम्पन्न

आकस्मिक भिडियो कन्फ्रेंस बैठक सम्पन्न

गण्डकी स्वास्थ्य निर्देशनालय | | कोभिड-१९



मिति २०७६/१०/१३ गते सोमबार प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र, पोखरामा स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्मा ज्युको अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धि भिडियो कन्फरेन्स बैठक सम्पन्न भयो | उक्त कन्फरेन्स बैठकमा स्वास्थ्य मन्त्रालयका श्रीमान सचिव खगराज बरालज्यूले केन्द्र सरकारले नोवेल कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयासहरु तथा अन्य प्रदेशमा भैरहेको र गर्नु पर्ने आवश्यक तयारीका निम्ति सुझाव र निर्देशन प्रदान गर्नु भयो | स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोद बिन्दु शर्माले प्रदेश स्तरमा भैरहेका पूर्वतयारीको बारेमा जानकारी प्रदान गर्नु भएको थियो | बैठकमा सामाजिक विकास मन्त्रालयका डा राम बहादुर के.सी, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्री बाबुराम आचार्य, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्री बसन्तनाथ भट्टराई, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका श्री फुलदेव तिमिल्सिना, विश्व स्वास्थ्य संगठनका डा राजीव लालचन र शंकर अधिकारी समेत उपस्थित हुनुहुन्थ्यो |