गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आँपपिपल अस्पताल, गोरखाको अनुगमन तथा भ्रमण सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका  महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदलले आँपपिपल अस्पताल, गोरखा र बुर्तिबाङ अस्पताल बागलुङको स्तरोन्नती

गरी प्रदेश मातहतमा ल्याउन अध्ययन अनुसन्धान र प्रतिवेदन तयारीको लागि गोरखाको आँपपिपल अस्पतालमा भ्रमण सम्पन्न गरेको छ।

कार्यदल सँगसँगै पालुङटार नगरपालिका, गोरखाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, नेपाल सरकारका पूर्व महानिर्देशक

डाक्टर गुणराज लोहनी, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक, गोरखा अस्पताल र  स्वास्थ्य कार्यालय,

गोरखाका प्रमुख, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरुको समेत सहभागिता रहेको छ।

१९५२ सालमा डिस्पेन्सरी सेवाबाट सुरुवात भएको यस अस्पताल २०५७ सालबाट १५ बेडको अस्पतालबाट सञ्चालन भएको यस अस्पताल हाल 5० बेडमा

सञ्चालन भइरहेको छ। यस अस्पताललाई मेडिकल टुरिजमको रुपमा समेत विकास गर्न सकिन्छ।

हाल यो कार्यदल समितिले अरु जिल्ला अस्पताल जसरी नै यसलाई पनि चलाउने कि, साझेदारी मोडलमा चलाउने कि अथवा भएको संरचनामा सञ्चालन गर्ने

र प्रदेशले सहयोग गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।

आँपपिपल अस्पताल, गोरखाको अनुगमन तथा भ्रमण सम्पन्न ।

Download: आँपपिपल अस्पताल, गोरखाको अनुगमन तथा भ्रमण सम्पन्न ।