गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आत्महत्या सम्बन्धि जानकारी !!!


| सामान्य


आत्महत्या सम्बन्धि जानकारी !!!

आत्महत्याको प्रमुख कारण मानसिक तथा मनोसामाजिक समस्या हो׀ प्रत्येकको जीवन महत्वपूर्ण छ׀ तपाईं हाम्रो एउटा सानो प्रयासले आत्महत्या रोकथाममा ठूलो सहयोग पुर्‍याउन सक्छ׀

आत्महत्या भन्नाले के बुझिन्छ?

आफ्नो इच्छाले जानीजानी आफैलाई मार्ने/ज्यान लिने कामलाई आत्महत्या भनिन्छ׀ विश्वमा मृत्युको कारण मध्ये आत्महत्या पनि एक प्रमुख कारण हो׀

विश्वमा आत्महत्याको अवस्था

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन त्यसैगरी प्रत्येक १ दिनमा ३,००० जनाले र वर्षभरिमा करिब ८ लाख जनाले आत्महत्याका कारण ज्यान गुमाउनेगरेको तथ्यांक छ׀

नेपालमा आत्महत्याको अवस्था

नेपालमा पनि आत्महत्याको दर डरलाग्दो नै छ׀ नेपालमा प्रत्येक महिना करिब एक दर्जन भन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् जुन विश्वमा  उच्च आत्महत्याको दर हो׀

मान्छेले आत्महत्या किन गर्छ?

मान्छेले आत्महत्या गर्नुका मुख्य कारण मानसिक तथा मनोसामाजिक समस्या हो जुन समस्या अन्तर्गत पहिलो कारण डिप्रेसन (उदासिनता , निराशा) नै हो , मानसिक रोगले च्याप्दै गएपछि मान्छे आत्महत्या गर्ने अवस्थामा पुग्छ׀ त्यपछि दोस्रो कारण आवेग हो भने अन्य कारण सिजोफ्रेनिया जस्ताकडा खालको मानसिक रोग हो׀

डिप्रेसन ( उदासिनता / निराशा ) जस्ता मानसिक रोगको सिकार मान्छे कसरी हुन्छ ?

मानिसको जीवनशैली जटिल बन्दै गईरहेको छ׀ व्यापार, व्यवसायमा हुने घाटा, पढाईमा हुने असफलता, आफन्त र परिवारमा कसैको मृत्यु, प्रेमी-प्रेमीका बीचसम्बन्ध बिछोड ,ऋण तथा आर्थिक समस्या, बेरोजगारी समस्या , महिला हिंसा, यौन दुर्व्यवहार,पति -पत्नी बीचको सम्बन्ध बिग्रिदा ,आफुले सोचेको काममा असफलता, लामो समयदेखि जाड रक्सी खादै आएका, लागू औषधि एवं नशालु पदार्थको सेवन, स्वास्थ्यमा समस्या (जस्तैः- एच.आई.भि.एड्स, क्यान्सर, खुट्टाको रोग लागेर थला परेका बिरामी), ईत्यादी  कारणले तनाव भई उदासिनता रोग लागी  सहि उपचार नपाई आत्महत्या गर्दछन्׀

आत्महत्या गर्नेमा बढी महिला कि पुरुष ?

आत्महत्या गर्नेमा बढी पुरुष देखिन्छ किनकी महिलाको तुलनामा पुरुष बढी रक्सि खाने, व्यपार-व्यवसायमा पर्तिस्पर्धामा पनि पुरुष र कडा मानसिकरोग पनि हुने सम्भावना पनि पुरुषमा नै देखिने भएको र साथै महिलाले आफ्नो समस्या मिल्ने साथीलाई भन्ने गरेकोले उदासिनता रोगबाट महिलामा कम भएको हुँदा महिला भन्दा पुरुष आत्महत्याको कारण ज्यान गुमाउनेको संख्या लगभग २/३ गुणाले बढी पाइएको छ׀ तर आत्महत्याको प्रयास पुरुषहरुको तुलनामामहिलाहरुमा २/३ गुणाले बढी भएको एक तथ्यांकले देखाएको छ׀

आत्महत्याको कुरा गर्ने व्यक्तिले साँच्चैमा आत्महत्या गर्दैनन् ?

कुनैपनि व्यक्तिले जति सुकै सहज तरिकाले वा मजाक मै आत्महत्याको कुरा अथवा मलाई मर्न मन लाग्छ भन्ने कुरा गर्यो भने त्यसले आत्महत्याको जोखिम जनाउदछ त्यसैले त्यस्ता सोच, विचार, व्यवहार र प्रयास भएका जुनसुकै व्यक्तिलाई गम्भीरतापूर्वक लिएर सहयोग गर्नुपर्दछ׀

के आत्महत्या सोच भएका व्यक्तिलाई केही गरेर रोक्न सकिन्छ ?

सकिन्छ, आत्महत्या गर्न सोच भएको ब्यक्ति वास्तविकमा मर्न चाहेको हुदैनन् तर आफ्नो पिडा / दु:ख कम गर्ने माध्यमहरु खोजिरहेका हुन्छन्׀ उनीहरु बिभिन्न तरिकाले सहयोगको अपेक्षा गरिरहेका हुन्छन् तर कतैबाट केही सहयोग नपाउदा म बाचेर के गर्नु ? मेरो जीवनको कुनै अर्थ छैन, मलाई सहयोग गर्ने कोहि छैन जस्ता नकारात्मक सोचहरु आउन थालेपछि आत्महत्या गर्न सोच आएर आत्महत्या गर्छन्׀ यस्ता सोच भएका व्यक्तिलाई समयमैमनोचिकित्सक वा मनोपरामर्शकर्तासंग परामर्श लिएमा आत्महत्याबाट जोगिन्छ׀

आत्महत्याका जोखिम तथा खतराका सूचकहरू :-

१) आफन्तहरुको मृत्यु वा बिछोड हुनु׀

२) पहिला नै आत्महत्याको प्रयास गरेको׀

३) मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्याहरु भएको׀

४) सामाजिक रुपमा बहिस्करण׀

५) पारिवारिक सदस्यहरुको आत्महत्या वा प्रयास׀
६) यातना वा हिंसा ׀

७) सहयोगी व्यक्तिहरुको कमी׀

८) दिर्घ रोगहरु׀

९) ब्यापार तथा परीक्षामा असफलता׀

१०) बेरोजगारी तथा आर्थिक समस्या׀

११)आत्महत्याका गर्ने बारे कुनै पनि कुरा गर्नु׀

१२) आत्महत्या गर्न मिल्ने साधनहरु खोज्नु, जम्मा गर्नु׀

१३) सामाजिक भेलाबाट टाढिनु׀

१४) मृत्यु सम्बधि कथा, कविता सामाजिक संजालमा पोष्ट वा शेयर गर्नु׀

१५) निराशा बढ्दै जानु׀

१६) सामुहिक बलात्कार, इत्यादि׀

आत्महत्या रोकथामका उपायहरु :-

१) मानसिक तथा मनोसामाजिक समस्या नै आत्महत्याको मूल कारण भएकोले समयमै पहिचान गरी मानसिक चिकित्सक वा मनोपरामर्शकर्तासंग परामर्श लिनुपर्छ׀

२) आत्महत्याका जोखिम बढी भएका व्यक्तिसंग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सक्रियता पूर्वक सुन्ने  र सहानुभूति प्रकट मात्र गरेमा आधि भन्दा बढि समस्या कम हुन्छ׀

३) सामाजिक कृयाकलापमा सहभागी हुन प्रेरित गर्ने׀

४) आत्महत्या गर्न मिल्ने साधनहरु टाढा राख्ने׀

५) आफुले केही सहयोग गर्नसक्ने बारे नाम्रतासाथ सोध्ने׀

६) एक सामान्य व्यक्तिले भन्दा एकचोटि आत्महत्याको प्रयास गरेका व्यक्तिमा भविष्यमा आत्महत्या गर्ने सम्भावना ३० देखि ४० गुणा बढि हुने भएकाले त्यस्ता व्यक्तिलाई बिशेष ध्यान दिनुपर्छ׀

७) तनाव व्यवथापनका उपायहरु सिकाउने׀

८) नियमित व्यायाम, योग तथा ध्यान गर्ने׀

९) आफुलाई कमजोर छु भन्ने कहिल्यै पनि नसोच्ने׀

१०) मन मिल्ने वा विश्वासिलो व्यक्तिसंग कुराकानी आदानप्रदान गर्ने׀

११) ब्यस्त जीवन भएकाले समय समयमा आराम गर्ने र रमाईलो वातावरण सिर्जना गरेर फ्रेस हुने׀

१२) आत्महत्याका सोच वा योजनाबारे रहेको वा नरहेकोबारे नहिच्किच्याई सोध्ने׀ यदि छ भने गम्भीरतापूर्वक लिई तत्काल उपचारको लागि प्रेषण गर्ने׀

१३) हरेक समस्याको समाधानका उपायहरु भएकोले समस्याका उपयुक्त समाधानको उपायहरु खोज्ने׀

१४) कुनै नजिकको व्यक्तिले खतराका सूचकहरूदेखाएमा बचाउसम्बन्धि योजना तयार राख्ने׀

१५) आत्महत्या रोकथाममा संचार माध्यमको महत्वपूर्ण भूमिका हुँदा मानसिक तथा मनोसामाजिक पक्षलाई वेवास्ता गरी सामाचार सम्प्रेषण गर्दा आत्महत्याको थप दुरुत्साहन गर्न सक्छ भने सही समाचारले आत्महत्याको जोखिममा भएको व्यक्तिको ज्यान जोगाउन सक्छ׀

१६) आत्महत्या गरेको व्यक्तिको, घटनाको फोटो, भिडियो वा त्यस्ता सामाग्रीहरु सामाजिक संजालमा नराख्नुहोस्׀

१७) आत्महत्या रोकथामका लागि अथवा कुनै पनि किसिमका तनाव भएमा नि:शुल्क राष्ट्रिय हटलाईन २४सै घण्टा उपलब्ध हुने ११६६ मा सम्पर्क गर्न सकिन्छ׀

(लेखक चन्द्र देव ठाकुर मण्डल, जनस्वास्थ्य निरिक्षक्, (अधिकृत छैटौं) देउपुर नगर अस्पताल, काभ्रेपलाञ्चोकका संयोजक हुनुहुन्छ) (स्वास्थ्य खबर पत्रिकाबाट साभार)