गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आठ रोगको उपचारमा १ लाखदेखि ४ लाखसम्म सहुलियत, कहाँबाट कसरी पाइन्छ ?


| सामान्य


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० जारी गरेको छ। मंसिर ६ गतेको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरिएको हो। योसँगै आठवटा रोगको सहुलियत उपचार कार्यक्रम पुन: नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत नै सञ्चालन हुने छ। यसअघि सो कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा नै समेटिएको थियो। बिमा कार्यक्रममार्फत सञ्चालन गर्दा प्रभावकारी र सहज नभएको गुनासो सेवाग्राहीबाट आएपछि महाशाखामार्फत नै सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। सहुलियत सेवा प्रदान गर्न देशभरका १२० वटा अस्पताल सूचीकृत गरिएको छ। 

कसरी लिने सुविधा ?

विपन्न नागरिक औषधी उपचार कार्यक्रमअन्तरगत मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारमा सरकारी सहुलियत पाइने छ। सहुलियत उपचार सेवा लिन सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस आवश्यक हुन्छ। निर्देशिका अनुसार वडा कार्यालयमा चिकित्सकले प्रमाणित गरेको रोग पहिचान भएको प्रेस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। वडा कार्यालयमा भर्ने निवेदनमा बिरामी परिवारको पेसा व्यवसाय, आयस्रोत, जग्गा जमिन, सवारीसाधन, सुनचाँदी, बैँक ब्यालेन्स, नगदलगायतका विवरण पनि आवश्यक हुने निर्देशिकामा उल्लेख छ। यी विवरणमार्फत वडा कार्यालयले सिफारिस प्रदान गर्ने छ। सिफारिस लिँदा बिरामीले सरकारले सूचीकृत गरेकामध्येबाट आफूलाई पायक पर्ने अस्पताल रोज्न पाउने छन्। तर, गरिब परिवारको परिचयपत्र भएका बिरामीहरूका लागि स्थानीय तहको सिफारिस आवश्यक नहुने निर्देशिकामा उल्लेख छ । यस्तो वर्गका बिरामीले अस्पतालबाट सिधै उपचार सेवा लिन सक्ने छन् ।

सरकारले प्रदान गरेको विपन्न नागरिक सहुलियत औषधी उपचार सेवा एकैपटक वा पटकपटक गरी लिन सकिने छ। एउटै बिरामीले एउटै रोगको उपचारमा पटकपटक सो सुविधा लिन पाइने छैन। तर, फरक रोगको उपचार गराउनुपरेमा भने एउटै बिरामीले समेत कार्यक्रममा तोकेअनुसारको सेवा लिन पाउनेछन् । त्यसका लागि पुनः स्थानीय तहको सिफारिस भने आवश्यक हुने निर्देशिकामा उल्लेख छ । यसरी पाउने सेवामा उपचारबापत नगद रकम भने पाइने छैन । 

कस्ता बिरामीलाई कतिसम्म सहुलियत ?

निर्देशिका अनुसार आठवटा रोगमा उपलब्ध गराइने सहुलियत रकम फरक फरक छ। कार्यक्रम मार्फत मिर्गौला प्रत्यारोपणका क्रममा बिरामीलाई चार लाख रुपैयाँसम्म सहुलियत दिइने छ। त्यस्तै, विभिन्न अवस्थाको हेमोडायलायसिस गर्दा एक लाख रुपैयाँसम्म छुट हुने छ। त्यस्तै, मिर्गौला प्रत्यारोपण गरी औषधी खाइरहेका बिरामीलाई पनि एक लाखसम्मको औषधी छुट दिइने छ।  अंग प्रत्यारोपण गर्दा अंगदाता र ग्रहणकर्ताको ल्याब परीक्षण शुल्क ५० हजारसम्म छुट हुने छ । तर, परीक्षण सरकारी प्रयोगशाला वा सरकारी अस्पतालबाट भएको हुनुपर्ने छ। 

त्यसैगरी मुटुको शल्यक्रिया र क्यान्सरसम्बन्धी शल्यक्रिया वा क्यान्सरको विभिन्न विधिबाट उपचार गर्दा एक लाख रुपैयाँसम्म छुट दिइने छ।  साथै पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी (टाउकोको गम्भीर चोट), स्पाइनल इन्जुरी (मेरुदण्डको गम्भीर चोट ) र सिकलसेल एनिमियाका बिरामीलाई पनि एक लाख रुपैयाँसम्म छुट हुनेछ। सरकारले चालु आर्थिक बर्षमा यी आठ रोगहरूमा विपन्न नागरिकका लागि सहुलियत उपचारबापत दुई अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ। 

 

क्यान्सर उपचार हुने स्वास्थ्य संस्था

१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनगर
३. विराटनगर अस्पताल प्रालि, विराटनगर
४. पूर्वाञ्चल क्याक्सर अस्पताल, बिर्तामोड
५. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
६. परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, काठमाडौं
७. निजामती कर्मचारी अस्पताल, काठमाडौं
८. कान्ति बाल अस्पताल, काठमाडौं
९. मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
१०. बीपी कोइराला मेमेरियल क्यान्सर अस्पताल, भरतपुर
११. नेपाल मेडिकल कलेज, जोरपाटी
१२. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
१३. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
१४. धुलिखेल अस्पताल, काभ्रेपलाचोक
१५. बीएण्डबी अस्पताल, ग्वार्को
१६. क्यान्सर केयर नेपाल, जाउलाखेल
१७. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१८. नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि
१९. काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर
२०. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल, काठमाडौं
२१. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर
२२. भरतपुर हस्टिपल, भरतपुर, चितवन
२३. नेशनल सिटी हस्पिटल, भरपुर, चितवन
२४. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि, चितवन
२५. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
२६. काठमाडौं मोडेल अस्पताल, प्रदर्शनीमार्ग, काठमाडौं
२७. गण्डकी मेडिकल कलेज, पोखरा
२८. मणिपाल शिक्षण अस्पताल, पोखरा
२९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
३०.कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

मुटु रोगका लागि उपचार हुने स्वास्थ्य संस्था

१.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२.विराटनगर अस्पताल प्रालि, मोरङ
३.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, मोरङ
४.न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
५.वीरगञ्ज हेल्थ केयर हस्पिटल, वीरगञ्ज
६. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
७. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
९. शहीद गंगालाल राष्ट्रिय हदृय केन्द्र, काठमाडौं
१०. मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
११. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
१२. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
१३. कलेज अफ मेडिकल साइन्सेस, भरपुर
१४. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
१५. बयोधा हस्पिटल प्रालि, बल्खु
१६. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुर
१७. भरतपुर हस्पिटल, चितवन
१८. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
१९. हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रालि, चावहिल, काठमाडौं
२०. मणिपाल शिक्षण अस्पताल, पोखरा
२१. चरक मेमोरियल हस्पिटल, पोखरा
२२. भेरी अस्पताल, बाँके
२३. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रुपन्देही
२४. क्रिमसन अस्पताल, रुपन्देही
२५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

 

 

हेड इन्जुरीको उपचार हुने स्वास्थ्य संस्था

१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. गोल्डेन अस्पताल प्रालि, मोरङ
४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
५. न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
६. बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा
७. वीरगञ्ज हेल्थ केयर हस्पिटल, विरगञ्ज
८. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
९. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
१०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
११. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
१२. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
१३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
१४. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
१५. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
१६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१७. ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौं
१८. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुर
१९. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
२०. भरतपुर हस्पिटल, चितवन
२१. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि
२२. चुरेहिल हस्पिटल प्रालि, हेटौडा
२३. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
२४.उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रालि, बाँसबारी
२५. गण्डकी मेडिकल कलेज, पोखरा
२६. मणिपाल शिक्षण अस्पताल, पोखरा
२७. चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा
२८. भेरी अस्पताल, बाँके
२९. क्रिमसन अस्पताल, रुपन्देही
३०. नेपालगञ्ज मेडिकल कलेज, बाँके
३१. प्रादेशिक अस्पताल, वीरेन्द्रनगर, सुर्खेत
३२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

स्पाइनल इन्जुरी उपचार हुने अस्पताल

१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. गोल्डेन अस्पताल प्रालि, मोरङ
४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
५. न्यूरोकार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
६. बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा
७. वीरगञ्ज हेल्थ केयर हस्पिटल, वीरगञ्ज
८. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
९. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
१०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललिपुर
११. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
१२. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
१३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
१४. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
१५. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
१६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१७. ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौं
१८. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल
१९. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
२०. भरतपुर हस्पिटल, चितवन
२१. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि
२२. चुरेहिल हस्पिटल प्रालि, हेटौडा
२३. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
२४. उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रा.लि, बाँसबारी
२५. गण्डकी मेडिकल कलेज, पोखरा
२६. मणिपाल शिक्षण अस्पताल, पोखरा
२७. चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा
२८. भेरी अस्पताल, बाँके
२९. त्रिमसन अस्पताल, रुपन्देही
३०. नेपालगञ्ज मेडिकल कलेज, बाँके
३१. प्रादेशिक अस्पताल, सुर्खेत
३२. नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी
३३. स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र, काभ्रेपलाञ्चोक

पार्किन्सन्स र अल्जाइमर्स रोगको उपचार हुने स्वास्थ्य संस्था

१. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
२. विराटनगर अस्पताल प्रालि, विराटनगर
३. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
४. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
५. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललिपुर
७. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
८. कलेज अफ मेडिकल साइन्सेस ,भरतपुर
९. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
१०. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
११. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
१२. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
१३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

सिकलसेल एनिमियाको उपचार हुने स्वास्थ्य संस्था

१. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
२. निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
४. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
५. जिल्ला अस्पताल, नवलपरासी
६. भेरी अस्पताल, बाँके
७. लुम्बिनी प्रादेशिक अस्पताल, रुपदेन्ही
८. जिल्ला अस्पताल वर्दिया
९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
१०. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
११. सेती प्रादेशिक अस्पताल, कैलाली
१२. महाकाली अस्पताल, महेन्द्रनगर
१३. घोडाघोडी हस्पिटल प्रालि, कैलाली

मिर्गौला प्रत्यारोपण हुने अस्पताल

१.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल
२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौं
३. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
४. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा

हेमोडायलाइसिस लागि उपचार हुने स्वास्थ्य संस्था

१. इलाम अस्पताल, इलाम
२. बीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान, धरान
३. मेची अस्पताल, भद्रपुर, झापा
४. कोशी अस्पताल, विराटनगर, मोरङ
५. विराटनगर अस्पताल प्रालि, विराटनगर, मोरङ
६. गोल्डेन अस्पताल प्रालि, विराटनगर, मोरङ
७. नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लिमिटेड, मोरङ, विराटनगर
८. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, मोरङ
९. ओमसाई पाथीभारा हस्पिटल प्रालि, भद्रपुर, झापा
१०. पूर्णटुङ विर्ता सिटी अस्पताल, झापा
११.लाइफलाइन अस्पताल प्रालि, दमक, झापा
१२. मनमोहन मेमोरियल क्षेत्रीय अस्पताल बिर्तामोड, झापा
१३. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
१४. प्रादेशिक अस्पताल जनकपुर, धनुषा
१५. जानकी हेल्थकेयर अस्पताल प्रालि, जनकपुर, धनुषा
१६. गजेन्द्र नारायणसिंह अस्पताल, राजविराज
१७. नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्ज
१८. वीरगञ्ज हेल्थ केयर हस्पिटल, विरगञ्ज
१९. सिरहा अस्पताल, सिरहा
२०. प्रादेशिक अस्पताल, गौर
२१. सेभ लाइफ हस्पिटल एण्ड रिसर्च प्रालि, जनकपुर
२२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौं
२३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर
२४. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
२५. नेपाल मेडिकल कलेज, जोरपाटी
२६. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
२७. कलेज अफ मेडिकल साइन्सेस भरतपुर, चितवन
२८. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थली, काठमाडौं
२९. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
३०. बीएण्डबी अस्पताल, ग्वार्को, ललितपुर
३१. आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितपुर
३२. विरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं
३३. सुमेरु सामुदायिक हस्पिटल प्रालि, धापाखेल, ललितपुर
३४. अल्का अस्पताल प्रालि, काठमाडौं
३५. हिमाल हस्पिटल प्रालि, ज्ञानेश्वर
३६. हिमाल हस्पिटल प्रालि, काठमाडौं
३७. ग्राण्डी इन्टनेशनल अस्पताल, धापासी
३८. बयोधा हस्पिटल प्रालि, बल्खु
३९. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल, काठमाडौं
४०. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर
४१. भरतपुर हस्पिटल, भरतपुर, चितवन
४२. ग्रिनसिटी अस्पताल प्रालि, धापासी
४३. नेपाल प्रहरी हस्पिटल, महाराजगञ्ज
४४. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
४५. मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, स्वयम्भू, काठमाडौं
४६. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (रामेछाप केन्द्र)
४७. हेटौंडा अस्पताल, हेटौंडा
४८. माया दया स्वास्थ्य क्लिनिक, बुढानिलकण्ठ
४९. चिरायू डायलइसिस सेन्टर, बसुन्धरा
५०. शुभेच्छा अन्तराष्ट्रिय अस्पताल प्रालि, काठमाडौं
५१. काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, काठमाडौं
५२. स्टार हस्पिटल प्रालि, सानेपा
५३. नेपाल भारत मैत्री अस्पताल, चाबहिल
५४. सान डायलाइसिस सेन्टर, कान्तिपथ जमल
५५. बकुलहर रत्ननगर अस्पताल, चितवन
५६. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (गौशाला शाखा)
५७. धादिङ अस्पताल, धादिङ
५८. त्रिशुली अस्पताल, नुवाकोट
५९. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
६०. गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
६१ .चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा कास्की
६२. धौलागिरी अस्पताल, बाग्लुङ
६३. लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालि, बगालेटोल, पोखरा
६४. पर्वत अस्पताल, पर्वत
६५. स्याङ्जा अस्पताल, स्याङ्जा
६६. बेनी अस्पताल, म्याग्दी
६७. गोरखा अस्पताल, गोरखा
६८. मध्यविन्दु जिल्ला अस्पताल
६९. गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा वालिङ डायलाइसिस सेन्टर
७०. दमौली अस्पता, दमौली
७१. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
७२. भेरी अस्पताल, बाँके
७३. युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा
७४. सिद्धार्थनगर सिटी हस्पिटल, बुटवल
७५. क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही
७६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
७७. राप्ती प्रादेशिक अस्पताल, दाङ
७८. नेपालगञ्ज मेडिकल कलेज, बाँके
७९. सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, बुटवल
८०. गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाइसिस सेन्टर
८१. प्रादेशिक अस्पताल, सुर्खेत
८२. सेती प्रादेशिक अस्पताल, कैलाली
८३. महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर
८४. कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

आठ रोगको उपचारमा १ लाखदेखि ४ लाखसम्म सहुलियत, कहाँबाट कसरी पाइन्छ ?

Download: आठ रोगको उपचारमा १ लाखदेखि ४ लाखसम्म सहुलियत, कहाँबाट कसरी पाइन्छ ?