गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखामा अनुशिक्षण सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको एकिकृत अनुगमन तथा अनुशिक्षण सम्पन्न भएको छ।

आयुर्बेद स्वास्थ्यकर्मीहरुका लागि Recording/Reporting, AHMIS, संक्रमण रोकथामका बारेमा बिशेष अनुशिक्षण संचालन गरिएको थियो।

उक्त अबशरमा फोहोर ब्यबस्थापन, हात धुने तरिका, ग्लब्स र मास्कको प्रयोग गर्ने तरिका, अटोक्लेभको प्रयोग गर्ने तरिका र सतर्कताका उपायहरु, सामाग्री ब्यबस्थापन लगायत संक्रमण रोकथाम संग सम्बन्धित बिबिध बिषयहरुमा छलफल भएको थियो

अनुगमन कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा र उर्मिला बराल, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल समेत उपस्थिती रहेको थियो।

आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखामा अनुशिक्षण सम्पन्न ।

Download: आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखामा अनुशिक्षण सम्पन्न ।