जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, स्याङ्जाको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको छ। बार्षिक योजना तयार भएको, ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला, CSSD, Laundry, कर्मचारी ब्यबस्थापन तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ। यस पहिलो लेखाजोखामा ५९% आएको छ।
कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दीका प्रमुख डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।
Download: जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।