गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि गण्डकी प्रदेश स्तरीय बैठक सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ। कार्यक्रममा यस आ.ब.मा सम्पन्न भएका कार्यक्रम र आगामी कार्ययोजनाका बारेमा छलफल भएको थियो।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काले गर्नुभएको थियो भने स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र, पोखरा महानगरपालिका, स्वास्थ्य शाखा, नेपाल कुष्ठरोग निवारण संघ, INF, NFDN-Gandaki, Save The Children लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बैठकले संयुक्त रुपमा अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ।

अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि गण्डकी प्रदेश स्तरीय बैठक सम्पन्न।

Download: अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण सम्बन्धि गण्डकी प्रदेश स्तरीय बैठक सम्पन्न।