अध्ययन भ्रमण सम्पन्न।
| सामान्य
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको आयोजना तथा CMC Nepal को सहयोगमा "कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण प्रक्रिया र कार्यान्वयन अवस्था विषयक सिकाइ आदान प्रदान कार्यक्रम सञ्चालन भएको छ। कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीले उद्घाटन भएको उक्त कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशीला सिंखडा लगायत लुम्बिनी र कर्णाली प्रदेशका स्वास्थ्य मन्त्रालयका मन्त्रीहरुको विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिमका स्वास्थ्य सचिवहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेशकाे तर्फबाट स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, डाक्टर रोशन ढकाल, नवराज शर्मा, उर्मिला बराल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव चण्डीका पौडेल, डाक्टर रमेश कुमार केशी, बेनी अस्पताल, म्याग्दीका मानसिक रोग विषेशज्ञ डाक्टर अनुशा मानन्धर लगायतको उपस्थिति रहेको छ। कार्यक्रममा गण्डकी प्रदेशको मानसिक स्वास्थ्य प्रोफाइल बारेमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका डाक्टर रमेश केशिले प्रस्तुतिकरण राख्नुभएको थियो।
सोहि अबसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशीला सिंखडाले प्रादेशिक अस्पताल, सुर्खेतको भ्रमण गर्नुभएको भएको छ। भ्रमणका समुहमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर बिनोद विन्दु शर्माको समेत उपस्थिति रहेको थियो।
सो भ्रमणमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, डाक्टर रोशन ढकाल, नवराज शर्मा, उर्मिला बराल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव चण्डीका पौडेल, डाक्टर रमेश कुमार केशी, बेनी अस्पताल, म्याग्दीका मानसिक रोग विषेशज्ञ डाक्टर अनुशा मानन्धर लगायतको उपस्थिति रहेको छ। प्रादेशिक अस्पताल, सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले अस्पतालको समग्र सेवाका बारेमा जानकारी गराउनुभएको सो अवसरमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख लगायत अस्पतालका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
Download: अध्ययन भ्रमण सम्पन्न।