गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

अध्ययन टोलीले सुन्दरबजारको रात्रीभोज घटना अध्ययनको प्रारम्भिक नतिजा बुझायो।


| सामान्य


सुन्दरबजारको रात्रीभोज पश्चात बिरामी परी मृत्यु समेत भएको घटनाको अध्ययनको प्रारम्भिक नतिजा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोद विन्दु शर्मालाई बुझाएको छ। लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोज पश्चात धेरै जना बिरामी परी एक जनाको ज्यान समेत गएको तथा उक्त भोजमा प्रयोग भएको सम्भावित खाद्य विषाक्तताको अध्ययन तथा अनुसन्धानको लागि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर शशी कँडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट भुपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद अर्याल र विश्व स्वास्थ्य संगठन (WHO) का डाक्टर सुजन अधिकारी सहितको अध्ययन टोली मंसिर २६ गते देखि खटिई स्थलगत अध्ययन गरिरहेको थियो। उक्त अध्ययन टोलीले मंसिर २९ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोद विन्दु शर्मा, महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC) का अधिकारी लगायतसँग आफ्नो अध्ययनको नतिजा प्रस्तुत गर्दै मन्त्रालय समक्ष प्रतिवेदन पेश गरेको छ।

उक्त अध्ययन टोलीले गरेको अध्ययनको प्रारम्भिक नतिजाको सारांश देहाय अनुसार छ।

मिति २०८०/०८/२२ गते शुक्रबारका दिन लमजुङ जिल्ला सुन्दरबजार न. पा. ८ मा क्रिशमस पर्व मध्येको क्यारोल कार्यक्रमका अवसरमा स्थानीय एक व्यक्तिको घरमा कुल ४१ जना जम्मा भई सामूहिक रात्रीभोज कार्यक्रममा सरिक भएका,

उक्त भोजमा दाल, भात, कुखुराको मासु र मुलाको अचार गरी चार परिकार सेवन गरिएको,

उक्त परिकारहरू सेवन गरे पश्चात भोलिपल्ट देखि ३९ जनालाई झाडापखाला, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन गई HDCS नमुना सामुदायिक अस्पतालमा उपचारका लागि जानुभएको,

उक्त बिरामीहरू मध्ये १ जना ३२ वर्षकी महिलाको मंसिर २४ गते आईतवारका दिन अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको,

अन्य बिरामीहरू उपचार पश्चात घर फर्कनु भएको र केही अझै उपचाररत रहनुभएको,

भोजमा सेवन गरिएका परिकारहरु मध्ये कुखुराको मासुमा विषाक्तता रहेको अनुमान गरिएको,

भोजमा मासु काट्न प्रयोग गरिएको धारिलो हतियार र अचानोबाट स्वाब निकाली परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

अध्ययन टोलीले सुन्दरबजारको रात्रीभोज घटना अध्ययनको प्रारम्भिक नतिजा बुझायो।

Download: अध्ययन टोलीले सुन्दरबजारको रात्रीभोज घटना अध्ययनको प्रारम्भिक नतिजा बुझायो।