गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

टास्क फोर्सको दोस्रो बैठक तथा विभिन्न निर्णय सम्बन्धमा


| कोभिड-१९



मिति २०७६/१०/२० गते स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माको अध्यक्षता र स्वास्थ्य मन्त्रालय, उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेलको प्रमुख आतिथ्यतामा कोरोना भाइरस सम्बन्धि पूर्वतयारीको लागि गठित टास्क फोर्स एवं अन्य सरोकारवालाहरु सम्मिलित बैठक स्वास्थ्य निर्देशनालयमा सम्पन्न भयो | बैठकले निम्न निर्णयहरु गरेको छ |

  1. प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तर्फबाट रु पांच लाख बराबरको Personal Protective Equipment (PPE) खरिद गर्नको लागि अनुरोध गर्ने |
  2. शंकास्पद विरामीको नमुना संकलन गर्नको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भण्डारण र ढुवानीको लागि WARUN प्रयोगशालाका प्राविधिकहरुको सहयोग लिने | नमुना संकलन गर्नको लागि आवश्यक पर्ने व्यवस्थापकीय र आर्थिक व्ययभार स्वास्थ्य निर्देशनालयको तर्फबाट व्यवस्थापन गर्ने |
  3. स्वास्थ्य संस्थामै नमुना संकलन गर्नको लागि सम्बन्धित स्वास्थ्य संस्थाका प्रयोगशाला प्राविधिकहरुलाई अभिमुखीकरण प्रदान गर्ने
  4. स्वास्थ्य संस्थामा शंकास्पद विरामी आएमा तुरुन्त प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC) मा सम्पर्क गर्ने |
  5. सरुवा रोग र महामारीको प्रभावकारी दीर्घकालीन व्यवस्थापनको लागि प्रदेश स्तरमै सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्नको लागि प्रदेश र केन्द्र सरकारसंग पहल गर्ने
  6. साप्ताहिक रुपमा टास्क फोर्स र सरोकारवालाहरुको को बैठक आयोजना गर्ने |