गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको नियमित मासिक बैठक सम्पन्न।


| सामान्य


बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको भाद्र महिनाको नियमित मासिक बैठक सम्पन्न भएको छ। माशिक बैठकमा ७ वटा स्वास्थ्य चौकीका प्रमुख, ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ५ वटा सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरुको उपस्थिति रहेको थियो।

उक्त बैठकमा स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के. सी. को अध्यक्षतामा बैठक बसि मासिक प्रतिबेदन HMIS 9.3, DHIS 2 मा entry भएका Data EHIRRS मा देखिएका समस्या र सामधानका उपाय बारे छलफल गरिएको थियो। साथै Data भेरिफिकेशन एक्सेल सिटमा देखिएका त्रुटिपूर्ण डाटामाथि छलफल गरि बैठक सम्पन्न भएको छ।

अन्त्यमा आ. व. २०७९/८० मा उत्कृष्ठ स्वास्थ्य सस्थाका रुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ्गका प्रमुख सुदिप रन्जन यादवलाई दोसल्ला, खादा र अबिर मार्फत सम्मान गरिएको थियो।

बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको नियमित मासिक बैठक सम्पन्न।

Download: बडिगाड गाउपालिका, बाग्लुंग अन्तर्गतका स्वास्थ्य संस्थाहरुको नियमित मासिक बैठक सम्पन्न।