गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

बेनी अस्पताल, म्यादीको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको पन्ध्रौं फलोअप सम्पन्न



स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे आयोजनामा अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यक्रम बेनी अस्पताल, म्यादीमा सञ्चालन भएको छ । मिति: २०८१/८/२३ र २४ गते संचालन भएको बेनी अस्पताल, म्यादीको पन्ध्रौं फलोअपमा मुख्य श्रोत व्यक्तिको रूपमा संक्रामक तथा सरुवा रोग अस्पताल, पोखराका कार्यकारी निर्देशक डा. विकास गौचन, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार के. सी., स्याङ्जा अस्पतालका मे.अ. डा. अन्जु अर्याल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका MSS कार्यक्रम संयोजक प्रकाश राज शर्मा, मेडिकल अधिकृत डा. रुक्मिना अधिकारी, न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला बराल रहनु भएको थियोे । पन्ध्रौं फलोअपमा ८२% प्राप्त भएको छ। बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद सुबेदिको अध्यक्षता तथा बेनी नगरपालिकाका प्रमुख सुरत के. सी. को प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा अस्पतालका समग्र सुधार गर्नुपर्ने पक्ष तथा आगामी कार्य योजनाका बारेमा छलफल भएको थियो। अस्पतालको तर्फबाट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अन्जु थापाले प्रस्तुतीकरण राख्नुभएको थियो भने बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रवि रंजन प्रधानले आगामी दिनमा अस्पतालबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउँदै लैजाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।