गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बेनी नगरपालिका, स्वास्थ्य शाखा, म्याग्दीको वार्षिक समिक्षा सम्पन्न।


| सामान्य


बेनी नगरपालिका, स्वास्थ्य शाखा, म्याग्दीको आयोजनामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख सुरत के.सी.को अध्यक्षतामा संचालन भएको १ दिने समिक्षा कार्यक्रममा उप-प्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, वडाका वडा अध्यक्षहरु, बेनी अस्पताल म्याग्दीका मे.सु, स्वास्थ्य कार्यालयका प्रमुख तथा कार्यक्रम फोकल व्यक्तिहरु, बेनी नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरु लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुको उपस्थिति रहेको थियो।

पालिका लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आ.व. २०७९/८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको प्रस्तुतिकरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो

बेनी नगरपालिका, स्वास्थ्य शाखा, म्याग्दीको वार्षिक समिक्षा सम्पन्न।

Download: बेनी नगरपालिका, स्वास्थ्य शाखा, म्याग्दीको वार्षिक समिक्षा सम्पन्न।