गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बार्षिक समिक्षा कार्यक्रम अन्तर्गतको प्राबिधिक कार्य समूह (TWG) को बैठक सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा यहि मिति २०८०/०६/१४ र १५ गते पोखरामा संचालन हुन लागेको आ.ब. २०७९/८० मा सम्पादित स्वास्थ्य

सम्बन्धि कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम अन्तर्गतको प्राबिधिक कार्य समूह (TWG) को बैठक संचालन भएको छ। 

बैठकले सर्बेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मुल्यांकन र सल्लाह सुझाब दिने लगायतका कार्य गर्नका लागि गठन भएबमोजिम प्राबिधिक

कार्य समूह (TWG) को बैठक संचालन गरि बिभिन्न बिषयमा छलफल भएको छ। 

प्राबिधिक कार्य समूह (TWG) मा सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका जनस्वास्थ्य प्रशासक सुरज गुरौं, तथ्यांक अधिकृत ऋषिराम

पौडेल, प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र, गण्डकी प्रदेशका सिम्रिन काफ्ले, स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका शैलेन्द्र कुमार सिंह, WHO-Gandaki

का अनिल भट्टराई लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा संचालन भएको छ।

बार्षिक समिक्षा कार्यक्रम अन्तर्गतको प्राबिधिक कार्य समूह (TWG) को बैठक सम्पन्न।

Download: बार्षिक समिक्षा कार्यक्रम अन्तर्गतको प्राबिधिक कार्य समूह (TWG) को बैठक सम्पन्न।