गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बार्षिक समिक्षा कार्यक्रम २०८० को तयारी शुरु।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा यहि मिति २०८०/०६/१४ र १५ गते पोखरामा संचालन हुन लागेको आ.ब. २०७९/८० मा सम्पादित स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको

बार्षिक समिक्षा कार्यक्रमको तयारी शुरु भएको छ। कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा संचालन भएको छ।

समिक्षा कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरिएको छ।

पोष्टर, प्रस्तुतीकरण, खाजा, कार्यक्रम स्थल, अतिथि सत्कार, सूचना सामाग्री, श्रोत ब्यबस्थापन लगायतका बिबिध महत्वपूर्ण बिषयहरुको ब्यबस्थापनका लागि उपसमिति गठन गरिएको छ।

कार्यक्रममा संघिय मन्त्रालय, विभागहरुका प्रमुख तथा प्रतिनिधिहरु, गण्डकी प्रदेशका सबै स्वास्थ्य कार्यालय, आयुर्बेद स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालहरुका प्रमुख तथा प्रतिनिधिहरुको

उपस्थिति रहने छ। कार्यक्रम गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा संचालन हुनेछ।

बार्षिक समिक्षा कार्यक्रम २०८० को तयारी शुरु।

Download: बार्षिक समिक्षा कार्यक्रम २०८० को तयारी शुरु।