बुर्तिबाङ्ग अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स ईन्स्टिच्युट, ललितपुरको सहयोगमा बुर्तिबाङ्ग अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।
बुर्तिबाङ्ग अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पाँचौ फलोअप कार्यक्रम हो।
कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुंगका कन्सल्टेन्ट एनेस्थियोलोजिष्ट डाक्टर अमित ढुंगाना, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल र निक साईमन्स ईन्स्टिच्युट, ललितपुरका गण्डकी प्रदेश संयोजक सुष्मा लामाको उपस्थिति रहेको थियो।
बुर्तिबाङ्ग अस्पताल, बाग्लुङ्गको पाँचौ फलोअपमा ४९% अंक प्राप्त भएको छ। प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता बुर्तिबाङ्ग अस्पताल ब्यबस्थापन समितिका उपाअध्यक्षले गर्नुभएको थियो।

Download: बुर्तिबाङ्ग अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।