गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बिद्यालय  आयुर्वेद र योग शिक्षा कार्यक्रम सम्पन्न।


| सामान्य


धौलागिरी आयुर्बेद औषधालय, बाग्लुङ्गको आयोजनामा बिद्यालय  आयुर्वेद र योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ। शिक्षा बिकास तथा समन्वय इकाईको समन्वयमा बागलुङ नगरपालिका स्थित  धौलागिरी  बिरेन्द्र मा.वि., रुद्रेपिपल मा.बि., न्यु ओएसिस एकेडेमी र फ्युचर ब्राइटर स्कुलका 10 जना शिक्षकको सहभागितामा तीन दिवसिय बिद्यालय आयुर्वेद र योग शिक्षा तालिम कार्यक्रम संचालन भएको हो।

कार्यक्रमको उद्घाटन  सत्रको अध्यक्षता धौलागिरी आयुर्बेद औषधालयका प्रमुख डाक्टर शरद पन्थीले गर्नुभएको थियो।  प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको प्रमुख उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख युक्त प्रसाद शर्मा, सहभागी बिध्यालयका प्रधानाध्यापकहरु भुमिराज शर्मा, राजेश श्रेष्ठ, बालकृष्ण  शर्मा लगायत सहभागी र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

डाक्टर कमल बिक्रम पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो। तीन दिने कार्यक्रममा डाक्टर शरद पन्थी, डाक्टर कमल बिक्रम पौडेलको  प्रशिक्षण, एकराज ढुङ्गाना, याम बहादुर थापा र सुनिल बहादुर थापाको सहजीकरणमा आयुर्वेद, आयुर्वेद सेवा र जीवन शैली, योग प्रणायाम र आसन एबम अभ्यास, घर वरिपरि र भान्सामा पाइने जडिबुटीको परिचय र महत्व सहितका बिषयमा कार्यपत्र प्रस्तुती सहित योग र प्रणायमको अभ्यास कृयापनि सन्चालन भएको थियो।

कार्यक्रमले शिक्षकमा नया उर्जा सहित ज्ञान र योग तथा प्रणायम र आयुर्वेद सेवा सम्बन्धी बिषयगत कुराहरु जान्ने अवसर मिलेको र बिध्यार्थीलाई सहि ज्ञान दिन क्षमता वृद्धि भएको अनुभव बताउदै तीन दिने बसाइमा जीवन उपयोगी बुझेको, थपउत्प्रेरणा जागृत भएको र स्वास्थ्य एबम शिक्षा दुबै क्षत्रमा यो कार्यक्रमको महत्व रहेको हुदा सहभागीहरुले बिध्यालयमा कार्यक्रम सन्चालन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो।

बिद्यालय  आयुर्वेद र योग शिक्षा कार्यक्रम सम्पन्न।

Download: बिद्यालय  आयुर्वेद र योग शिक्षा कार्यक्रम सम्पन्न।