गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन।


| सामान्य


पर्वत अस्पतालको आयोजनामा छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ जसबाट झन्डै साढे दुई सय जना लाभान्वित भएका छन्। उक्त शिविरमा फोक्सोसँग सम्बन्धित श्वासप्रश्वास, दम, निमोनिया र टी.बीका बिरामीहरूलाई लक्षित गर्दै आयोजना गरिएको स्वास्थ्य शिविरबाट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरेर दुई सय ४२ जनाले सेवा लिएका छन्। शिविरमा मणिपाल शिक्षण अस्पताल र ओम हस्पिटल पोखरामा कार्यरत वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सी.पि. आचार्य,  मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत इन्टरनल मेडिसिनका चिकित्सक डाक्टर अनमोल पौडेल, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोला सहितको स्वास्थ्यकर्मीहरूको टोलीले शिविरबाट सेवा प्रदान गरिएको थियो।

शिविरमा ६३ जनाले फोक्सोको जाँच, ४६ जनाले एक्स-रे परीक्षण, ८० जनाले इ.सी.जी सेवा लिएका छन्। स्वास्थ्य परीक्षणको लागि आएकामध्ये धेरैमा श्वासप्रश्वास, छाती दुख्ने र दम रोग सम्बन्धी समस्या देखिएको छ। शिविरमा पर्वत जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरूसहित पर्वतसँग सिमाना जोडिएर नजिकै रहेको बागलुङ नगरपालिकाको कैया, बलेवा, नारायणस्थान लगायतका ठाउँका नागरिकले पनि स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका लागि आएकामध्ये करिब २५ जना बालबालिकाहरू रहेका थिए। स्वास्थ्य परीक्षणसँगै बिरामीहरूलाई निःशुल्क रूपमा औषधि वितरण पनि गरिएको थियो। फोक्सोको औषधि निःशुल्क रूपमा नै वितरण गरिएको थियो भने स्वास्थ्य बिमा गरी अन्य समस्या देखिएका बिरामीहरूलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत औषधि वितरण गरिएको छ। उपचार गराएकाहरूमध्ये ८० जना बिरामीहरूको थप परीक्षण गर्नुपर्ने पाइएको छ। एक दिने शिविर भए पनि लामो समयदेखि छाती सम्बन्धी समस्या भएका र आर्थिक अभावका कारण उपचार गर्न पोखरा काठमाडौँ लगायतका सहरमा रहेका सुविधाजनक अस्पतालमा जान नसक्ने विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरूले केही हदसम्म भए पनि राहत महसुस गरेका थिए।शिविर सञ्चालनका लागि पर्वत जेसीज र इनरह्वील क्लब अफ पर्वतले पनि सहयोग गरेका थिए।

छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन।

Download: छातीको रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन।