गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

DATA VISUALISATION कार्यक्रम संचालन।


| सामान्य


सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा DATA VISUALISATION कार्यक्रम संचालन भएको छ

गण्डकी प्रदेशका सबै जिल्लाहरुका स्वास्थ्य कार्यालय प्रमुखहरु, तथ्यांक अधिकृतहरु, जिल्ला अस्पतालका तथ्यांक अधिकृतहरु, प्रादेशिक कार्यालहरुका तथ्यांक अधिकृतहरु, महाशाखा प्रमुखहरु, WHO नेपालका केन्द्रीय तथा प्रादेशिक प्रतिनिधिहरुको उपस्थिति रहेको छ। सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको अध्यक्षतामा संचालित यस कार्यक्रममा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँका प्रबक्ता डाक्टर प्रकाश बुढाथोकीको उपस्थिति रहेको छ।

कार्यक्रम २ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा WHO का प्रशिक्षकहरुले (डाक्टर दिपेन्द्र, डाक्टर दिपेश र बिरोध कट्टेल) सहजीकरण गर्नुभएको छ। कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, स्वास्थ्य तालिम केन्द्रका निमित्त  महानिर्देशक रमेश प्रसाद अधिकारीको समेत बिशिष्ठ उपस्थिति रहेको छ।

DATA VISUALISATION कार्यक्रम संचालन।

Download: DATA VISUALISATION कार्यक्रम संचालन।