गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एचआईभी र एड्स: सामान्य जानकारी


| सामान्य


एच.अ.भी. र एड्स भनेको के हो ?

एचआईभी. भनेको मानव शरिरमा मात्र जिवित रहने, अति सानो सुक्ष्म, मानव शरिरमा रहेको प्रतिरक्षा प्राणलीलाई अक्रमण गरि नष्ट पार्ने एक किसिमको जिवाणुलाई HIV भनिन्छ ।

एच:- मानव

आई :- प्रतिरक्षा प्रणाली

भी :- जिवाणु

उपचार बिना प्रतिरक्षा प्रणाली कमजोर हुदै जान्छ र नष्ट हुन्छ। अनि मानिसमा अन्य अवसरवादी रोगहरूले अक्रमण गर्दछ। यसरी मानिस शरिरमा एकै चोटि रोगहरूको विभिन्न लक्षणहरू देखा परि मानिस विरामी अवश्थामा पुग्दछ। यस समय मानव शरिरमा एड्सको विकास हुन्छ। यहि रोगहरूको संगालो वा समुहको कारण हुन पुग्ने अवश्थालार्इ एड्स भनिन्छ।

विभिन्न रोगका लक्ष्यणहरू

कसरी एचआईभी. संक्रमण हुन सक्दछ ?

एचआईभी. संक्रमित ब्याक्तिको रगत तथा रगत जन्य पदार्थ सिधा अर्को व्यक्तिमा दिएमा, अशुरक्षित यौन सर्म्पक, योनी रस विर्य, अशुरक्षित तरिकाबाट हुने सुइँ सिरिज प्रयोग, संक्रमित अमाले स्तानपान गराउदा र बच्चा जन्माउदा एचआईभी. सर्न सक्दछ ।

वा यो भन्दा बाहेक अरू तरिकाबाट पनि संक्रमण हुन सक्दछ ।

, एचआईभी. संक्रमित अमाबाट जन्मने शिशुमा ।

, सुर्इ तथा छाला छेड्ने प्रयोगमा वा उपचारको क्रममा सावाधानी नअउनाउदा ।

, संक्रमण जन्य रगत लिदा वा दिदा सवाधानी नअपनाएमा ।

सुरक्षाको लागि कुनै जिवाणु वा किटाणुको संक्रमण भए नभएको राम्रोसँग जाँच गरि रगत लिने वा दिने गर्नु अति अवश्याकता रहेको छ । किन कि केहि देशहरूमा यो चेतनामुल कार्य नभएको देखिन्छ । त्यसै कारण तपाई जहाँ र जुन देशमा भए पनि अवश्याकता अनुसारको सावाधानी अपनाउन अवश्याक छ ।

, मुख मैथुन गर्दा मुखको बाहिरी वा भित्री भागमा घाउ भएमा संक्रमण हुन सक्दछ ।

तर गालामा मोई खाँदा, सगै बस्दा,खादाँ, सँगै काम गर्दा, सँगै खेल्दा, एउटै चर्पी प्रयोग गर्दा,लामखुट्टेले टोक्दाँ, हात मिलाउदा र संक्रमित विरमी व्यक्तिको स्याहार सुसार गर्दा एचआईभी. संक्रमण हुदैन । यो भाइरस मानव शरिरको तापक्रममा मात्र बाँच्न सक्ने भएकोले बाहिर वातवारण वा हावामा धेरै बेर बाँच्न सक्दैन । त्यसै कारण अन्य तरिकाबाट यसको संक्रमण हुदैन ।

एचआईभी. संक्रमणबाट जोखिममा को रहेको छ ?

जो कोहि पनि योन कृयाकलापमा संम्लग्न छ । तर हामीले सुरक्षित छ वा छैन सावाधानी अपनाउनु पर्दछ । सबै क्षेत्रमा कार्यरत मानिसहरू र युवा पिडी यस संक्रमणको जोखिममा रहेको पाईन्छ । कति मानिसहरू यस संक्रमणको बारे अनविज्ञ रहेका छन् वा थाहा छैन । त्यस कारण यो महत्वपुर्ण छ । तपाई र तपाइँको साथी एचआईभी संक्रमित छ कि भनेर वा तपार्इ यस बारे कल्पना गर्नहोस् ।

एचआईभी. र एड्स: लक्षणहरू र उपचार विधि

लक्षयहरू

जब मानिसमा एचआईभी संक्रमण हुन्छ । तर सबै मानिसहरूलाई यसको लक्षण बारे थाहा हुदैन । विस्तारै कमजोर हुदै जान्छ । केहि हप्तामा नै असामन्य हिसाबले शारिरिक तउल घट्दछ । र अरू लक्षणहरू पनि देखा पर्दछ । जस्तै-ज्वारो अउने, मुखमा ढुसी पर्ने वा घाउ निस्कने, घाटीमा गाँठा गुठी निस्कने, पखला लाग्ने र प्रतिरक्षा प्रणाली विस्तारै नष्ट हुदै जाने हुन्छ । र कुनै बेला यि लक्षणहरू देखा परि अफै ठिक भए जस्तो हुन्छ । तर निको भने हुदैन । र केहि हप्ता पछि मानिस सिकिस्त विरामी पर्दछ । यो यस संक्रमणका लक्षणहरू हुन जो सुरूको अवश्थामा देखिन्छन् ।

उपचार विधि

एचआईभी. लाई निर्मुल पार्न सक्ने दवाई आएको छैन । तर एउटा उपचार विधि छ जसलाई एन्टी रेन्ट्रोभाईरल थेरापी वा ART भनिन्छ । जुन बिधि प्रयोग गर्दा शरिरमा रहेका एचआईभी. भाइरस लाई लठ्याई दिन्छ र एचआईभी. ले शरिरमा रहेर कुनै पनि गति विधि साथै बृदि विकास र चलखेल गर्न सक्दैन । र हाम्रो शरिरमा रहेको प्रतिरक्षा प्राणाली सक्रिया भई अफ्नो संख्यामा बृदि गर्दै सि.डी.४ बड्दै जाँदछ । र मानिस स्वास्थ्या वा सामान्य जिवन जिउन सक्दछ । तर स्वास्थ्य कर्मीको सल्लाह अनुसार नियमित र ठिक समयमा यसको सेवान गर्नु पर्दछ, यो उपचार विधि अत्यधिक प्रभावकारी रहेको छ ।

एचआईभी. परिक्षाण

मलार्इ एचआईभी संक्रमण हुन सक्छ ? मलाई थाहा छैन म के गर्ने ?

यस विषयमा चिन्तित हुनुहुन्छ तपार्इ ? एचआईभी.संक्रमण हुनु भए जस्तो लाग्यो । यो समयमा तपाईलाई एचआईभी. परिक्षाण गराउन महत्वपुर्ण छ । म अफैमा यस संक्रमणको जोखिममा छु भनि सोच्नु हुन्छ ? तुरून्त अस्पताल वा स्वास्थ्या केन्द्र गई परामर्श तथा परिक्षाण गराउनु राम्रो हुन्छ । सबै जसो स्वास्थ्या केन्द्रमा एचआईभी परिक्षाण हुन्छ । यसमा संखा लागि परिक्षाण गर्दा देखिएन भने फेरी दोवारा १२ हप्ताको फेर पारि दुई पटक सम्म परिक्षाण गर्नुपर्दछ, किन कि झ्याली पिरेटमा यो नदेखिन सक्दछ । १२ हप्ता पछिको परिक्षाणमा देखिन सक्द- छ ।

नियमित एचआईभी. परिक्षाण

एचआईभी. संक्रमण भए पनि शुरूमा उपचार गरि परिवर्तित जिवन जिएमा, सामान्या मानिस सरह जिवन जिउन सकिन्छ । त्यसै कारण एच अ.भी. छ, छैन थाहा पाउन महत्वपुर्ण हुन्छ । यदि तपाई योन कृयाकलापमा सक्रिया हुनुहुन्छ भने नियमित एचआईभी. परिक्षाण गर्नुहोस् ।

एचआईभी र एड्स: सामान्य जानकारी

Download: एचआईभी र एड्स: सामान्य जानकारी