गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा कार्यक्रम संचालन।


| सामान्य


बडिगाड गाउँपालिका-७ गाव, बाग्लुंगको गाउँघर क्लिनिकमा एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा प्रदान गरिएको छ।

स्वास्थ्यका सेवालाई एकीकृत गरि प्रत्येक महिना बडिगाड गाउँपालिकाको भिन्न भिन्न स्थानमा पुगि एकीकृत घुम्ती स्वास्थ्य सेवा दिने उदेश्यका साथ ल्याईएको एकीकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम आज बडिगाड गाउँपालिका वडा न ७ गाव गाउँघर क्लिनिकमा बडिगाड स्वास्थ्य शाखा, बाग्लुंगको आयोजना र भिमगिठे स्वास्थ्य चौकी, बाग्लुंगको समन्वयमा कार्यक्रम संचालन भएको थियो।

प्रोटोकल अनुसार गर्भ जॅाच एवम सस्थागत सुत्केरीहरुलाई पोषण कोशेली स्वरुप हरेक बार खाना चार समुहका खानेकुरा, आमा र बच्चाको ब्यक्तिगत सरसफाईको लागि सामाग्री तथा गर्भवती र सुत्केरीहरुलाई बधाई ज्ञापन लेखिएको फ्लेस सामाजिक बिकास समितिका संयोजक दिपेन्द्र प्रताप के.सी.को अध्यक्ष्यतामा बितरण गरिएको छ।

उक्त कार्यक्रममा तपशिल बमोजिमका व्यक्तिहरुले स्वास्थ्य सेवाहरु प्राप्त गरेका थिए:-

१.गर्भवतिको निशुल्क भिडियो एक्स रे सेवा - १३ जना

२.बिरामी जाँच तथा उपचार सेवा - ६३ जना

३. तौल अनुगमन - २३ जना

४.मधुमेहको लागि रगत परिक्षण - ३७ जना

५.शकास्पद बिरामिको खकार नमुना शकलन ७ जना

६.डेङ्गी तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिक्षा र परामर्श सेवा - ७१ जना

७. डेङ्गी रोगको लागि रगत परिक्षण १ जना

८.PMTCT जाँच ४ जना

बडिगाड स्वास्थ्य शाखाका स्वास्थ्यकर्मिहरु, भिमगिठे स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा कार्यक्रम संचालन।

Download: एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा कार्यक्रम संचालन।