गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गह्रौ प्राथमिक अस्पताल, स्याङ्गजाको पहिलो न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गह्रौ प्राथमिक अस्पताल, वालीङ्ग, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ। गह्रौ प्राथमिक अस्पताल, वालीङ्ग, स्याङ्गजाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पहिलो लेखाजोखा कार्यक्रम हो कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका डाक्टर धर्मदेव ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिति रहेको थियो

गह्रौ प्राथमिक अस्पताल, वालीङ्ग, स्याङ्गजाको पहिलो लेखाजोखामा ७१% अंक प्राप्त भएको छ, जुन अहिले सम्मको गण्डकी प्रदेशमा न्युनतम सेवा मापदण्ड कार्यक्रम संचालन भएका स्थानीय नगर अस्पतालहरु मध्येको उच्चतम अंक होप्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पतालका मेशुले गर्नुभएको थियो

त्यसैगरी गण्डकी प्रदेशले यसै महिना संचालन गरेको न्युनतम सेवा मापदण्ड कार्यक्रमको समिक्षाबाट तयार गरेको न्युनतम सेवा मापदण्ड अन्तर्गत process indicator को पहिलो परिक्षण आयुर्बेद तर्फ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, स्याङ्गजा, स्थानीय तहका अस्पताल मध्ये यसै गह्रौं अस्पताल, स्याङ्गजाबाट शुरु गरेको छ

फोहर ब्यबस्थापनसंग सम्बन्धित मापदण्डमा गह्रौं अस्पताल, स्याङ्गजाले  ७८% अंक प्राप्त गरेको छ। फोहोरको बर्गिकरण, संक्रमित फोहोरलाई अटोक्लेभ गरि भण्डारण गर्ने र बिक्रि गर्ने गरेको छ
 

गह्रौ प्राथमिक अस्पताल, स्याङ्गजाको पहिलो न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।

Download: गह्रौ प्राथमिक अस्पताल, स्याङ्गजाको पहिलो न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न।