गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गलकोट नगरपालिका, बाग्लुंगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न ।


| सामान्य


गलकोट नगरपालिका, बाग्लुंगको आयोजनामा स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गलकोट नगरपालिका अन्तर्गतका अस्पताल, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा तथा सहरी स्वस्थ्य केन्द्रहरुबाट आर्थिक वर्ष २०७९÷८० मा सञ्चालीत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रमा विगतको भन्दा यसवर्ष धेरै सुधार हुनुमा स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न योजनाहरु अगाढि बढाउने गरेपनि कार्यान्वयको पक्ष स्वास्थ्यकर्मीनै भएको बताउनुभएको थियो । गैरेले समृद्ध गलकोट निर्माणको लागि स्वास्थ्य क्षेत्रको प्रगती हुनुपर्ने बताउँदै स्वास्थ्यका समस्याहरुलाई क्रमागत रुपमा सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । उक्त कार्यक्रममा गलकोट नगरपालिका भित्र सञ्चालीत स्वास्थ्य संस्थाका प्रमुखहरुले स्वास्थ्य संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा विगतका वर्षहरुभन्दा यस वर्ष गलकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको समिक्षा गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा, जनस्वास्थ्य निरीक्षक लक्ष्मि शर्मा, खोप सुपरभाईजर राजु खत्री, फेयरमेडका गणेश बरुवाल, गलकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेलको अध्यक्षता, जनस्वास्थ्य निरीक्षक मिरा शर्माको स्वागत र स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

गलकोट नगरपालिका, बाग्लुंगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न ।

Download: गलकोट नगरपालिका, बाग्लुंगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न ।