गल्याङ्ग नगर अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना एवं स्वास्थ्य कार्यालय, स्याङ्गजा र गल्याङ्ग नगरपालिकाको समन्वयमा गल्याङ्ग नगर अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न भएको छ।
गल्याङ्ग नगर अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ३६% अङ्क प्राप्त भएको छ।
कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, स्याङ्गजा जिल्ला अस्पताल, स्याङ्गजाका मेशु डाक्टर रुक्मिणा अधिकारि र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।
प्रस्तुतीकरण कार्यक्रमम गल्याङ्ग नगरपालिका प्रमुखको प्रमुख उपस्थिति, गल्याङ्ग नगरपालिका-७ का वार्ड अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, ब्यबस्थापन समितिका सदश्यहरु, स्वास्थ्य शाखा प्रमुख, अस्पतालका प्रमुख तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
Download: गल्याङ्ग नगर अस्पताल, स्याङ्गजाको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न।