गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको सेवा प्रबाहको अवस्था, समस्या एबम समाधानका उपायहरु सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न।


| सामान्य


सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको सेवा प्रबाहको अवस्था, समस्या एबम समाधानका उपायहरु सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेको प्रमुख उपस्थितिमा संचालित उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्य सचिब, नीति तथा योजना आयोगका माननीय सदस्य, सबै अस्पतालका ब्यबस्थापन समितिका अध्यक्षहरु, मेशुहरु, प्रादेशिक कार्यालयका महानिर्देशकहरुको उपस्थिति रहेको थियो

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशिला सिंखडाले गर्नुभएको थियो

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु ज्ञवालीले अस्पतालहरुको सेवा प्रबाहको अवस्था, समस्या एबम समाधानका उपायहरुका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियोन्युनतम सेवा मापदण्डको अनुगमनको आधारमा रहेर छलफल कार्यक्रम संचालन भएको थियो प्रदेशका सबै अस्पतालका मेशु र समितिका अध्यक्षहरुले प्रस्तुतीकरण राख्नुभएको थियो

प्रस्तुतिकरणमा विशेषगरी बिशेषज्ञ कर्मचारी ब्यबस्थापन तथा स्थायित्व, भौतिक संरचना, आगामी बर्षको कार्य योजना, ब्यबस्थापन समितिको संरचना, बिमाका बारेमा छलफल भएको थियो कार्यक्रममा उठेका बिषयबस्तुको सम्बोधन गर्दै मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको र सरोकारवालाहरुसंग समन्वय भएको बताउनुभएको थियो कार्यक्रमको संचालन डाक्टर रमेश केशीले गर्नुभएको थियोभने अध्यक्षता सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका मन्त्री माननीय शुशिला सिंखडाले गर्नुभएको थियो

गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको सेवा प्रबाहको अवस्था, समस्या एबम समाधानका उपायहरु सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न।

Download: गण्डकी प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको सेवा प्रबाहको अवस्था, समस्या एबम समाधानका उपायहरु सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न।