गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मीको टोलीले भूकम्प प्रभावित क्षेत्रमा पुगी काम शुरु गरेको छ।


| सामान्य


जाजरकोट रामिडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि खटिएको टोलि जाजरकोट जिल्ला पुगेर काम शुरु गरेको छ।

गण्डकी प्रदेश सरकारको नेतृत्व गरि संक्रामक तथा सरुवारोग अस्तपाल, गण्डकी प्रदेशका कार्यकारी निर्देशक डाक्टर विकास गौचनको टोलीले जिल्ला अस्पताल, जाजरकोटमा कार्य शुरु गरेको हो।

काम सुरु गर्नु अघि जिल्ला प्रसाशन कार्यालय, रुकुम पूर्व, मुसिकोट नगरपालिका, स्वास्थ्य सेवा कार्यालय, रुकुम पुर्बका प्रमुख तथा प्रतिनिधिहरुसंग भेट गरेको छ।

गण्डकी प्रदेश सरकारले हिजो १० जनाको टोलि घाईतेको उपचारको लागि भूकम्प प्रभावित क्षेत्रमा खटाएको हो। (तस्बिर:- जगत बन्धु  पौडेल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश)

गण्डकी प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मीको टोलीले भूकम्प प्रभावित क्षेत्रमा पुगी काम शुरु गरेको छ।

Download: गण्डकी प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मीको टोलीले भूकम्प प्रभावित क्षेत्रमा पुगी काम शुरु गरेको छ।