गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेश स्तरीय क्लिनिकल अडिट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश स्तरीय क्लिनिकल अडिट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गोरखा अस्पतालमा संचालन भएको उक्त कार्यक्रममा डाक्टर रबिरंजन प्रधान, मेशु, धौलागिरी अस्पताल, डाक्टर धर्मदेव ढकाल, मेशु, मातृशिशु मितेरी अस्पताल, कास्की, डाक्टर अन्जु थापा, मेशु, बेनी अस्पताल, म्याग्दी, डाक्टर जितेन्द्र कंडेल, मेशु, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी पुर्ब , डाक्टर विशाल तिवारी, मे.सु. लमजुङ्ग अस्पताल, लमजुङ्ग, डाक्टर तेजेश नेपाल, मे.सु., मुस्ताङ अस्पताल, मुस्ताङ, डाक्टर भारती मेहता, मेशु, मनाङ्ग अस्पताल, मनाङ्ग लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अस्पताल नर्शिंङ्ग प्रशासक अन्जु पौडेल, डाक्टर बेदना पोख्रेल, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बराल र जिल्ला अस्पतालका नर्शिंङ्ग अधिकृतहरुको उपस्थिति रहेको थियो। अस्पतालको समग्र अवस्थाका बारेमा क्लिनिकल अडिटको चेकलिष्टको प्रयोग गरि मुल्यांकन गरिएको थियो। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक  हेमन्त शर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियोभने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका चिकित्सा महाशाखा प्रमुख डाक्टर रमेश केशीको बिशिष्ठ उपस्थिति रहेको थियो। कार्यक्रममा श्रोत व्यक्तिको रुपमा डाक्टर रुक्मिना अधिकारि, मेशु, स्याङ्गजा अस्पताल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बराल रहनुभएको थियो।

गण्डकी प्रदेश स्तरीय क्लिनिकल अडिट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: गण्डकी प्रदेश स्तरीय क्लिनिकल अडिट सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।