गण्डकी प्रदेश स्तरीय द्रुत प्रतिकार्य समितिको बैठक सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे आयोजनामा यस आ.ब. २०८१/८२ काे प्रदेश स्तरीय द्रुत प्रतिकार्य समितिको पहिलो गण्डकी प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा समितिका सदस्यहरू मनमोहन मिश्र, सुरण प्रसाद शर्मा पौडेल, डाक्टर रमेश केशी, डाक्टर रोशन ढकाल लगायत आमन्त्रित सदस्यकाे रूपमा स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, प्रकाशराज शर्मा, WHO बाट अनिल भट्टराई, UNICEF बाट मिना थापा, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका तारा प्रसाद अर्याल, स्वास्थ्य निर्देशनालयका अन्जु पौडेल, डाक्टर Rukmina Adhikari, मनकुमारी ओझा, प्रविण भण्डारीकाे उपस्थिति रहेको थियो।
सबै पालिकामा SORMAS काे कार्यान्वयन, Disaster Store काे स्थापनाका लागि समन्वय, प्रदेशका सबै तहका द्रुत प्रतिकार्य समिति, टोली र चिकित्सकीय टोलीको अद्यावधिक तथा अभिमुखीकरण सञ्चालन गर्ने, विपद् तथा महामारी व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य शिक्षाका सामग्री उत्पादन, प्रकाशन, प्रशारण तथा वितरण गर्ने लगायतका विभिन्न निर्णय भएको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम फोकल पर्सन नवराज शर्माले गर्नुभएको थियो।

Download: गण्डकी प्रदेश स्तरीय द्रुत प्रतिकार्य समितिको बैठक सम्पन्न।