गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गण्डकी प्रदेशमा ३६ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको समन्वय तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा ३६ औँ विश्व एड्स दिवसको अवसरमा विविध कार्यक्रम जस्तै एड्स विरुद्ध जनचेतनामुलक कार्यक्रम, मैनवत्ति प्रज्वलन कार्यक्रम, STI क्लिनिक संचालन, एचआईभी संक्रमित वालवालिकाका लागि न्यानो कपडा वितरण, साइकल र्याली जस्ता कार्यक्रमहरु संचालन भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षयतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालयका न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला वरालले गर्नु भएको थियो ।

त्यसैगरी बिश्व एड्स दिवस समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी शुक्रवार पोखरामा मनाइएको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशिल सरकारी तथा गैर सरकारी संस्थाले सामूहिक रुपमा कार्यक्रम गरी दिवस मनाइएको हो। पोखरा वसपार्कमा आयोजित कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत वहादुर खत्रीले एड्सलाई सामान्य रोग सरह नै लिनुपर्ने वताउनु भयो।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख मनमोहन मिश्र, नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल, राष्टिय एचआईभी एड्स महासंघ केन्द्रीय सदस्य मनोज गुरुङ, पश्चिमाञ्चल एड्स सञ्चालका अध्यक्ष विश्व मोहन गौचनले वोल्नुभएको थियो।

साथै कार्यक्रममा एचआईभीका क्षेत्रमा कार्यगरी योगदान पुर्याएको भन्दै राष्टिय एचआईभी एड्स महासंघ केन्द्रीय सदस्य मनोज गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, ART उपचार केन्द्रका ART इन्चार्ज कल्पना कुमारी आचार्य गौतमलाई सम्मान गरिएको थियो।

 

कास्कीमा सम्पन्न भएका अन्य कार्यक्रमहरु:-

१. PLHIV हरुसँग मिडिया अन्तरक्रिया कार्यक्रम

२. जनचेतना तथा एड्सको पैरवीका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल देखि लेकसाईडसम्म साईकल रयाली

३. पृथ्वीचोक स्थित पोखरा बसपार्क, र लेकसाईडमा self-testing and HIV Screening Test

४. HIV/AIDS सम्वन्धी सुचनामुलक ब्रोसर तथा लिफलेट वितरण

५. पृथ्वीचोकमा रहेको डिजीटल बोर्डमा HIV/AIDS को सुचना सन्देश प्रसारण

६. ART मा उपचाररत १८ वर्षमुनिका बालबलिकाहरु लाई न्यानो कपडा वितरण

 

७. HIV संक्रमित तथा HIV को क्षेत्रमा लामो समय देखि योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान

८. यौनरोगको जाँच, निदान तथा उपचारका लागि STI Clinic सञ्चालन

९. पृथ्वीचोकमा अवस्थित बसपार्कमा औपचारिक कार्यक्रम

१०. HIV/AIDS को कारण अकालमा ज्यान गुमाएकाहरुको सम्मान एवं स्मरण गर्दै मैनबत्ति प्रज्वलन

११. यौनिक अल्पशंख्यक (Trans Gender) हरुद्वारा विभिन्न सांगितीक कार्यक्रम प्रस्तुत

१२. कास्की जिल्ला अन्तरगतका स्थानिय तहहरुमा रहेका सामुदायिक तथा केहि नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई HIV/AIDS सम्वन्धि स्वास्थ्यकर्मीहरुद्वारा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन आदि।

गण्डकी प्रदेशमा ३६ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न।

Download: गण्डकी प्रदेशमा ३६ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न।